काठमाडौँ- नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रवक्ता डिआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी गरिएको छ।
आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो।
