मास्क प्रयोग नगर्नेलाई कारवाही गर्दै डडेल्धुरा प्रहरी

डम्बर निदाल
डडेल्धुरा – देशभर लागु गरेको लकडाउन खुले पनि कोरोना भाईरसको जोखिम कम नभएकाले मास्कको प्रयोग नगरी हिँडडुल गर्ने लाई डडेल्धुरामा प्रहरीले कारवाही गर्न थालेको छ ।
जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा मास्कको प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको हो ।

पहिलो पटक कारबाहीमा परेकालाई एक सय रुपैयाँ जरिवाना गरेको छ ।
उनिहरुलाई पहिलो पटक एक सय रुपैयाँका दरले जरिवाना गरी सम्झाइ बुझाइ गरी छोडिएको प्रहरी सहायक निरीक्षक चन्द्र धामीले बताए । जरिवाना वाफत गरिएको कारबाहीबाट एक हजार नौ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक धामीले बताए । मास्कको प्रयोग नगरेका उनिहरु लाई जिल्ला सदरमुकाम बागबजारमा प्रहरीले जरिवाना गरेको हो ।
प्रहरीले मास्क प्रयोग नगर्ने १९ जनालाई सोमबार कारबाही गरेको हो । भने मंगलबार पनि मास्कबिना सदरमुकाम आउने र जथाभावी हिँडडुल गर्ने मानिसलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाममा मास्कबिनाका सवारी चालक र स्थानीयलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।
लकडाउन खुले पनि कोरोना भाइरसको जोखिम भने कम भएको छैन । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छ । कोरोना भाईरसको सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह समेत गरेको छ ।

 

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको