कसले गर्यो प्रधान न्यायाधीस विरुद्ध महाभियोग प्रस्ताव दर्ता ?

काठमाडौँ – स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले आज संघीय संसद प्रतिनिधी सभा, सभामुखको कार्यालय र संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेता मार्फत प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरी पदमुक्त गरियोस् भनी प्रस्ताव दर्ता गराएको छ ।

अभियानले प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउनु पर्नेमा क संविधानको धारा १०१ को धारा २ बमोजिमका आधारहरू विद्यामान रहेको, कानुनको गम्भीर उल्लंघन गरेको , कार्यक्षमताको अभाव रहेको , खराब आचरण रहेको , पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको , आचार संहिताको गम्भीर उल्लंघन गरेको छ अपराध शास्त्र, कानुनको सिद्धान्त र विधायिकी मनसाय समेत विपरित नियोजित रुपमा मनसायपूर्वक आफ्नी श्रीमतिको सरकारी पद, स्रोत र साधनको दुरुपयोग समेत गरी हत्या गरी अपराध समेत लुकाउने तत्कालीन ससस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालालाई न्यायाधीस चोलेन्द्र शमशेर जबराले आवेशप्रेरित हत्या भन्ने अपव्याख्या गरी अदक्षतापूर्वक नियत समेत राखेर सजाय घटाउने गरी फैसला गरी समाजमा नारी हिंसा र हत्यालाई अझ प्रश्रय दिएको कारणहरु उल्लेख गरेको छ

अभियानले प्रस्तावमा कुनै पनि राजनीतिक दलको सदस्य नरहेका तर उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रमा विश्वास राख्ने देशका ७७ वटा जिल्ला र विश्वका २४ वटा देशमा शाखा तथा ३१ वटा पेशागत विभागहरू रहेको १० वर्ष अघिदेखि क्रियाशील स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको तर्फबाट प्रस्ताव पेश गरिएको उल्लेख गरेको छ ।

प्रतिनिधी सभा, सभामुखको कार्यालय मार्फत पेश गरेको, संसदमा रहेका सबै दलका संसदीय दलका नेतालाई दिइएको र कार्यालयहरु दर्ता गराएको प्रस्ताव पत्रमा भनिएको छ यहाँको दललाई जनताले आफ्नो मतबाट संघीय संसदमा महत्वका साथ पुर्याएकोमा तपाईंको संसदीय दल, दलको तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू समेतलाई सिद्धान्ततः हामी स्वतन्त्र नागरिकहरूको समेत प्रतिनिधि हुनुहुन्छ भन्ने मान्दै अपराध शास्त्र, कानुनको सिद्धान्त र विधायिकी मनसाय समेत विपरित नियोजित रुपमा मनसायपूर्वक आफ्नी श्रीमतिको सरकारी पद, स्रोत र साधनको दुरुपयोग समेत गरी हत्या गरी अपराध समेत लुकाउने तत्कालीन ससस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालालाई प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबरा र माननीय न्यायाधीश तेज बहादुर के सीले आवेशप्रेरित हत्या भन्ने अपव्याख्या गरी अदक्षतापूर्वक नियत समेत राखेर सजाय घटाउने गरी फैसला गरी समाजमा नारी हिंसा र हत्यालाई अझ प्रश्रय दिएको समेत कारण तपाईं र तपाईंको दलको तर्फबाट संघीय संसदमा निज न्यायाधीसहरूविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरियोस्।

अभियानले सबै दलका नेताहरुबाट अभियानको माग जायज रहेको र त्यसका लागि तत्काल छलफल अघि बढाउने बचनबद्धता दिइएको जनाएको छ ।
महाभियोग प्रस्ताव पत्रमा अभियानका संयोजक तथा अधिवक्ता स्वागत नेपालले हस्ताक्षर रहेको छ ।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको