काठमाडौं- महिलाहरूको लागि हरितालिका तीज महत्त्वपूर्ण चाड हो। तीज आउन अब केही समय बाकीँ रहदा बजारमा विभिन्न किसिमका तीज गीतहरू दिन प्रतिदिन सार्वजनिक भैरहेका छन् यसै क्रममा कल्पना रेग्मीको शब्दमा लक्ष्मी पाठक रेग्मीको मर्म स्पर्सी तीज गीत ‘पराइ घर २ ‘ सार्वजनिक गरिएको छ।

गीतमा गायिका शर्मिला गुरुङ र लक्ष्मी पाठक रेग्मीको आवाज रहेको छ। श्रीमानले घर परिवार, बालबच्चाको रेखदेख केहि नगरेको दुखेसो गीत मार्फत पोखिएको छ।

यस्तै गीतको भिडियोलाई बसन्त महर्जनले छायाङ्कन गरेका हुन् भने हुम गैरेको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोमा स्वयम कल्पना रेग्मी, एस्.के दाहाल र मेलिना ठकुरीको अभिनय अभिनय रहेको छ । गीत आज्ञा क्रियशनको प्रस्तुतिले बजारमा ल्याएको हो ।

हेर्नुहोस् भिडियो 

फेसबुकबाट तपाईको प्रतिक्रिया