रामेछाप – मुखमा मास्क छैन ? यदि छैन भने एकसय रुपैया गोजीमा बोकेर हिड्नुस । किनकी मास्क नलगाउनेलाई बिहिबार देखि रामेछापको प्रहरी प्रशासनले १ सय जरिवाना गर्दैछ ।

कोभिडको संक्रमण वद्दै गएको बेला मुखमा मास्क नलगाई सार्वजनीक स्थान र सवारी साधनमा ओहोर दोहोर गर्नेको संख्या बढेपछि कडाईका लागि जरिवाना गर्न लागिएको हो । बजारमा होस या व्यवसाय गर्दा मुखमा मास्क छैन भने अव वुज्नुस तपाई जरिवानामा पर्दै हुनुहुन्छ ।

रामेछापको मन्थलीमा बुधबार विहान प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले मास्क अनिवार्य लगाउने अभियान सुरु गरेकी छिन् । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा बुधबार विहान मन्थली बजारमा निशूल्क मास्क वितरण समेत गरीएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्का लगाएतका जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, सुरक्षाकर्मी, संचारकर्मी , राजनीतिकर्मी र व्यवसायीहरुले वुधबार वजारमा मास्क विना हिडडुल र यात्रा गर्नेलाई मास्क वितरण गरेका थिए । तपाईको मास्क ख्यै ? भन्ने प्रश्न सहितको प्ले कार्ड वोकेको समूहले मन्थली वजारमा सयौ मास्क वितरण गरेको थियो ।

स्थानीय देबकोटाचोकमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले कोभिडको जोखिम उच्च रहेको अवस्थामा सुरक्षा सतर्कतामा लापरवाहि बढ्न थालेको प्रति चिन्ता व्यक्त गरीन । सामाजिक दुरी कायम राख्न , मास्क , सेनिटाइजर र साबुनपानीले हात धुने कुरामा ध्यान दिन शर्माले आग्रह गरेकी थिईन । रोग लागेपछि बच्ने उपायको खोजि भन्दा लाग्नै नदिने उपायमा ध्यान दिनु पर्नेमा उनले जोड दिएकी थिइन ।
लकडाउन खुकुलो भएपछि सार्वजनिक यातायातका साधनमा यात्रा गर्ने, वजारमा किनमेल गर्ने र सभासम्मेलनमा धेरै जनाको उपस्थिति हुने क्रम बढेको छ । वजार जति व्यस्त हुदै गएको छ, त्यतिनै कोरोनाबाट वच्ने उपायको अवलम्बन गर्नमा ध्यान पु¥याउनेको संख्यामा कमि हुदै गएको छ ।
मास्क नलगाउनेलाई जरिवाना हुने
