काम छल्ने प्राविधिक धमाधम कारवाहिमा

रामेछाप – भूकम्पले क्षति पु¥याएका निजी आवासको पुननिर्माणका लागि रामेछाप जिल्लामा खटिएका प्राविधिकहरु धमाधम कारवाहिमा पर्न थालेका छन् ।
खटाइएको क्षेत्रमा नबस्ने, विदा स्वीकृत नगराई आफु खुसी हिड्ने, जनप्रतिनिधिलाई झुक्याउने, अन्यत्र रहेको बेला वडामा छु भन्ने जस्ता गलत क्रियाकलाप गर्ने प्राविधिकहरु कारवाहीमा पर्न थालेका हुन । आयोजनाबाट १ दर्जन भन्दा बढी प्राविधिक यसै साता कारवाहिमा परेका छन् । कारवाहिमा परेका प्राविधिकहरुलाई अव आयोजनाले कामकाज लगाउने छैन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन ) का आयोजना प्रमुख गणेश अर्यालका अनुसार नियमित वडामा रहेर काम गर्दै आएका बाहेकका प्राविधिकहरुलाई श्रावण देखि करार संझौता नविकरण नहुने भएको हो । कारवाहि स्वरुप करार संझौता नहुने प्राविधिक बाहेक अरुलाई ३ दिन भित्र सम्बन्धित वडामा पुगेर जनप्रतिनिधिको रोहवरमा उपस्थित भएको जनाउ दिन निर्देशन दिइएको अर्यालले वताएका छन् ।
विगतमा वडाले गरेको हाजिरी प्रमाणितका आधारमा तलव भत्ता भुक्तानी दिदै आएको आयोजनाले अव हाजिरी आएकै भरमा तलब नदिने निती पनि अख्तियार गरेको छ । केहि वडाबाट फर्जी हाजिरी आएपछि त्यस कार्यमा कडाई गरीएको हो ।
वडामा नवस्ने गरेका प्राविधिकहरुलाई गएको आर्थिक बर्षमा प्रोत्साहन भत्ताको रकम समेत आयोजनाले कटौती गरेको छ । आयोजनाका अनुसार धेरै प्राविधिकको प्रोत्साहन भत्ता काटिएको छ । ‘प्रोेत्साहन अधिकार हैन, नियमित वडामा हाजिर गरेर वस्ने र तोकिएको काम गर्नेका लागि हो ’ अर्याल भन्छन् – त्यसैले विगतमा हुने बेथितिलाई अन्त्य गरी राम्रो थिति वसाउनका लागि कार्यसम्पादनस्तर कमजोर भएका प्राविधिकहरुलाई प्रोत्साहन नदिएका हौं । ‘जो वडामै वस्दैन, आयोजनालाई जानकारी नै नदिई महिनौं बाहिर रहन्छ , त्यस्तोलाई किन प्रोत्साहन दिनु प¥यो ? ’ अर्यालको भनाई छ । पुननिर्माण प्राधिकरणले पौष, माघ , फागुन र आषाढ गरी ४ महिनाको प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।
केहि प्राविधिकहरु वडामा नहुदा नहुदै आयोजनाई वडामा रहेको गलत सूचना दिन थालेपछि यो पटक देखि वडाका जनप्रतिनिधि र आयोजना विच दोहोरो संबाद गराउने अभ्यास पनि थालिएको छ । प्राविधिकहरुलाई ३ दिन भित्र वडामा पुगेर दोहोरो सम्बाद गराएका आधारमा मात्र करार नविकरण गर्ने सूचना आयोजनाले जारी गरेको छ । प्राविधिकहरुको श्रावण देखि करार अवधि नविकरण हुनेगर्छ ।
रामेछापका स्थानीय तहहरुमा झण्डै १ सय ५० जना भन्दा बढी प्राविधिक निजी आवासको लागि कामकाज गर्दै आएका छन् । उनिहरुलाई आयोजनाले करार गरी कामकाजको लागि वडामा पठाउने गर्छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको