लोकतन्त्रको प्रमुख शर्त भनेकै स्वतन्त्र र सक्षम न्यायपालिका हो। तर बिडम्बना…

लोकतन्त्रको प्रमुख शर्त भनेकै स्वतन्त्र र सक्षम न्यायपालिका हो। न्यायलय बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ। संघीय संरचनामा गएको राज्यले यो परिवर्तित समय र सन्दर्भमा संविधानको सर्बोच्चता, कानुनी शासन,लोकतन्त्र र मानव अधिकारको संरक्षण र सम्बर्द्धन मात्र होइन यसको उपस्थितको आभास जनताले पाउनु पर्यो। हाम्रो संविधानले न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउने प्रयास गरेको छ तर राजनैतिक शक्ति केन्द्रले न्यायपालिकालाई आफू अनुकूल प्रयोग गर्न खोज्नुले आज न्यायपालिकाको ऐतिहासिक गरिमा खस्कदै गएको छ।

लोकतन्त्र भनेको एउटा लामो प्रक्रिया हो। यसमा ब्यक्ति र व्यवहारको उतिकै महत्त्व हुन्छ। प्रक्रिया मात्र जनाएर हुँदैन व्यबहारमा अनुभुती दिन सक्नुपर्छ पर्छ। पछिल्लो डेढ दशकको अवधिलाई नियाल्दा अभ्यास सुखद देखिदैन। लोकतन्त्रका खास मान्यताहरु हुन्छन्। तर यहि मान्यता सत्तामा बस्नेहरुका निम्ति ब्यवधान देखिएको छ। यतिबेला पट्क्कै पनि नागरिक मैत्री शासन मुलुकमा छैन। प्रष्ट भन्नुपर्दा सरकार छ या छैन जनतालाई महसुस सम्म छैन। तितो सत्य यो सरकारले जग हसाउने काम बाहेक केही गर्न सकेन।

लोकतन्त्र भनेको विधिको शासन हो। यहि विधिले देश, सत्ता, शासन, नेता र आम नागरिकलाई बाध्ने हो तर विडम्बना नेताले विधिलाई आफ्नो पक्षमा बनाउन हत्केलामा राखेर हिडेका छन। जसबाट न्यायलय मात्र होइन। पुलिस प्रशासन, मानव अधिकार, अख्तियार, प्रेस, निर्वाचन आयोग र लोकसेवा आयोग जस्ता राज्यका महत्त्वपूर्ण अंग र निकायलाई राजनीतिक भर्ती केन्द्र बनाइनुले यस्ता निकाय प्रति बारबार शंका र प्रश्न उठ्ने गरेका छन। जसले जनअपेक्षालाई सँकुचित मात्र गरिएन लोकतन्त्र माथी नै खतराको घन्टी बजेको छ। यस्तो गलत नजिर बसाउने काममा सरकार नै लागेको देखिएको छ ।

हत्या र बलात्कार जस्तो क्रुर अमानवीय घट्नाको अपराधीलाई कतै छानबिनको नाममा आयोग गठन गरेर थन्क्याइनछ,कतै उपयुक्त प्रमाण फेला नपरेको भन्दै घटनालाई छामछुम पार्ने प्रयास गरिन्छ। भने कतै अपत्यारिलो आधारको जगमा उभिएर दोषीलाई चोख्याएर उन्मुक्ति दिईन्छ। यस्ता कार्यहरू बारबार दोहोरिएका छन। सर्बोच्चको केही फैसलाले स्वतन्त्र र निस्पक्ष न्यायालयको सिद्धान्तको जरा नै हल्लाएको छ। जसकारण आउने दिनमा पनि जनताको जनधनको सुरक्षाको भविष्य त्यति सुन्दर देखिदैन ।

अपराधीको आर्थिक स्तर र पहुँचलाई हेरेर कानुनलाई व्याख्या गर्ने हक कसैलाई पनि छैन। न्यायलयको कार्यपालिका तर्फको झुकाव के यो न्याय संगत छ ? अरुको न्यायको लागि बोलिदिने र न्याय सुनिश्चित गरिदिने न्यायाधीशको कलम नै डगमगाए पछि जनताले के आशा गर्ने न्यायलय माथी। ठूलो बलिदान र संघर्षबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली यहि दिन देख्नका लागि हो?

अदालतबाट यस्ता फैसला भै रहने र दोषीले उन्मुक्ति पाउदै जाने हो भने अपराधीको हौसला बढ्ने र अमानवीय घटनाले बिकराल रुप लिने देखिन्छ । दन्डहिनताको कारण सजाय हुन्छ भन्ने बिश्वास नै नभएपछि अपराधिकरण झन्झन् मौलाउदै जानेछ।।कानुन, पुलिस प्रशासन केहिको नि डर नभए पछि हाम्रो समाजको भबिश्य कता जान्छ ? यो सोचनिय विषय हो।

हिजोदेखि अहिले म्मका घट्ना, परिवेश र अभ्यासलाई हेर्दा न्यायलय यसरी पटकपटक विवादमा तानिनुको प्रमुख कारण राजनैतिक भागबन्डा, हस्तक्षेप र दलिय प्रवृत्ति नै उद्धत देखिन्छ। लोकतन्त्रमा यस्तो परिपाटी सहिय हुदैन। नेता राजनीति दलले बेलैमा बुद्धि नपुर्‍याउने हो भने समाज ठूलो भुमरीमा फस्न सक्ने नमिठो यथार्थ हाम्रो सामु छ। यसका लागि दल र नेताहरु समयमै सच्चिन जरुरी छ।

नेताहरुले यो बुझ्न् पर्यो कि आदर्श लोकतान्त्रिक समाजको निर्माण त्यतिबेला सम्भव छ जतिबेला राजनीति हस्तक्षेपबाट न्यायलय मुक्त हुनेछ। यसकारण पनि न्यायलयलाई स्वच्छ र मुक्त राखौं । जनतालाई शान्ति सुरक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको प्रत्याभूति दिलाउ ।

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको