एसिड छ्याप्दा मौन तर ढाड देखाउँदा छट्पटी किन ?

“नानी सुन् त ! तँ अफिस पुगे पछि, पुगे भनेर फोन गर है ! अनि मुख मज्जाले छोपेर जा है !” अफिसको लागि निस्किए पछि सधैं ढोकामा आएर मलाई आमाले भन्नुहुन्छ ! दिनहुँ घटिरहेको घटनाहरु सुने पछि कुन चाहिँ आमाको मनमा चिसो पस्दैन र ?

  पहिरनको आधारमा महिलाको चरित्र आङ्कलन गर्दै नकारात्मक टिप्पणी दिने थुप्रै व्यक्तिहरु छन समाजमा,  केही दिन अघि सरकारी बाइकमा एक जना महिलाको चरित्रमा खुब सवाल उठाइयो, जस्को कारण ती महिला आज डिप्रेसनको सिकार बन्न पुगेकि छिन्।  हाम्रो नेपालको संविधानको धारा ३८(३) मा उल्लेख गरिएकोछ, ” महिला विरुद्ध धार्मिक, सामाजिक, शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पिडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ!” सवाल नै उठाउने हो भने खास सवाल त्यो फोटो खिच्ने मानिसलाई उठाउनु पर्ने हो।

 नेपालको संविधानमा धारा २८ मा उल्लेख गरिएको छ, “कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखित, तथ्यांक, पत्राचार र चरीत्र सम्बन्धी विषयको गोपनीयता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।” त्यो फोटो खिच्ने अधिकार उसलाई कस्ले दियो ? तर विडम्बना इज्जतको भार दिएको छ त केवल महिलालाई।  हिड्दै गरेको महिलालाई एसिड आक्रमण गरिन्छ तर समाज मौन रहन्छ।  एसिड छ्यप्दा मौन तर ढाड देखाउँदा छट्पटी किन ? बलात्कारको त कुरै छोडौँ, यो लकडाउनका कारण महिला हिंसा अत्याधिक बढेको छ। अलोचना गर्न लायकका विषय थुप्रै हुँदाहुँदै पनि किन यस्ता अनावश्यक विषयले स्थान पाईरहेको छ ?

      “ओ सोल्टिनी क्या च्वाँख देखिएको, यता हेरन !” भन्ने त गल्ली गल्लीमा चुरोटको खिल्ली तन्दै बसेका हजारौं हुन्छन् ! कसैलाई सुनायो भने “केटा मान्छे त्यस्तै हुन् !” भन्ने जवाफ आइहाल्छ, आफैले चौकी लगे पनि कतिलाइ लग्नु अनि कसरी लग्नु ? उल्टै लवाइ, खवाइ र हिडाइमा दोष देखाउँदै समाजले महिलालाई नै चरित्रहिन कहल्याइ दिन्छ । जुन देशमा गौरवका साथ भृकुटी र सीता जस्ता चेलीको बारम्बार उदाहरण दिइन्छ, त्यो देशको चेलीहरु आज किन सुरक्षित छैनन् ? आखिर यो सब कहिले सम्म सहनु ? “समाज यस्तै छ” भन्ने कुरा धेरै सुनियो तर समाज त तपाईं र म नै होइन र ? हामी दुबै मिलेर सहकार्य गरौं न ! आफ्नो दाजुभाइलाई “केटा भएर रुनु हुदैन !” को साटो “केटा भएर अरुलाइ रुवाउनु हुँदैन !” भनेर सिकाउँन ! छोरीलाई रोक्नुको साटो छोरालाई सिकाएर पठाउँन !

येषां न विद्या न तपो न दानं ज्ञानं न शीलं न गुणो न धर्मः ।

ते मृत्यु लोके भुवि भारभूता मनुष्य रूपेण मृगाश्चरन्ति ।।

अर्थात् , जो मानिस ज्ञान, बुद्धि, राम्रो आचरण, सद्गुण र आफ्नो कर्तव्यको बारेमा अज्ञान छ त्यो मानव पृथ्वीमा बोझ हो । ऊ मानवरुपी दानव हो ।

तपाईं  आफ्नो ठाउँबाट  सुरुवात गर्नुहोस् , म आफ्नोबाट  गर्छु , आउनुहोस् हामी मिलेर मानव बनौं न !

सिफारिस

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले झिलिमिली बनेका छन्। हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा–आराधना गरी धन,...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र इन्द्रचोक किनमेल गर्ने मानिसको भीडले भरिएका छन्। बिहानदेखि बेलुकीसम्म ती ठाउँहरूमा सर्वसाधारण, व्यापारी र उत्सव...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

तस्विरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिरमा यसरी गरियो काग पूजा

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा...

नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ - पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट...

ठूलो मानवीय क्षति हुनसक्ने खतराले सिंहदरबार जोगाउन सकिएन : नेपाली सेना

काठमाडौं - नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबारलगायतका महत्त्वपूर्ण...

धेरै पढिएको