एसिड छ्याप्दा मौन तर ढाड देखाउँदा छट्पटी किन ?

“नानी सुन् त ! तँ अफिस पुगे पछि, पुगे भनेर फोन गर है ! अनि मुख मज्जाले छोपेर जा है !” अफिसको लागि निस्किए पछि सधैं ढोकामा आएर मलाई आमाले भन्नुहुन्छ ! दिनहुँ घटिरहेको घटनाहरु सुने पछि कुन चाहिँ आमाको मनमा चिसो पस्दैन र ?

  पहिरनको आधारमा महिलाको चरित्र आङ्कलन गर्दै नकारात्मक टिप्पणी दिने थुप्रै व्यक्तिहरु छन समाजमा,  केही दिन अघि सरकारी बाइकमा एक जना महिलाको चरित्रमा खुब सवाल उठाइयो, जस्को कारण ती महिला आज डिप्रेसनको सिकार बन्न पुगेकि छिन्।  हाम्रो नेपालको संविधानको धारा ३८(३) मा उल्लेख गरिएकोछ, ” महिला विरुद्ध धार्मिक, सामाजिक, शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पिडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ!” सवाल नै उठाउने हो भने खास सवाल त्यो फोटो खिच्ने मानिसलाई उठाउनु पर्ने हो।

 नेपालको संविधानमा धारा २८ मा उल्लेख गरिएको छ, “कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखित, तथ्यांक, पत्राचार र चरीत्र सम्बन्धी विषयको गोपनीयता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।” त्यो फोटो खिच्ने अधिकार उसलाई कस्ले दियो ? तर विडम्बना इज्जतको भार दिएको छ त केवल महिलालाई।  हिड्दै गरेको महिलालाई एसिड आक्रमण गरिन्छ तर समाज मौन रहन्छ।  एसिड छ्यप्दा मौन तर ढाड देखाउँदा छट्पटी किन ? बलात्कारको त कुरै छोडौँ, यो लकडाउनका कारण महिला हिंसा अत्याधिक बढेको छ। अलोचना गर्न लायकका विषय थुप्रै हुँदाहुँदै पनि किन यस्ता अनावश्यक विषयले स्थान पाईरहेको छ ?

      “ओ सोल्टिनी क्या च्वाँख देखिएको, यता हेरन !” भन्ने त गल्ली गल्लीमा चुरोटको खिल्ली तन्दै बसेका हजारौं हुन्छन् ! कसैलाई सुनायो भने “केटा मान्छे त्यस्तै हुन् !” भन्ने जवाफ आइहाल्छ, आफैले चौकी लगे पनि कतिलाइ लग्नु अनि कसरी लग्नु ? उल्टै लवाइ, खवाइ र हिडाइमा दोष देखाउँदै समाजले महिलालाई नै चरित्रहिन कहल्याइ दिन्छ । जुन देशमा गौरवका साथ भृकुटी र सीता जस्ता चेलीको बारम्बार उदाहरण दिइन्छ, त्यो देशको चेलीहरु आज किन सुरक्षित छैनन् ? आखिर यो सब कहिले सम्म सहनु ? “समाज यस्तै छ” भन्ने कुरा धेरै सुनियो तर समाज त तपाईं र म नै होइन र ? हामी दुबै मिलेर सहकार्य गरौं न ! आफ्नो दाजुभाइलाई “केटा भएर रुनु हुदैन !” को साटो “केटा भएर अरुलाइ रुवाउनु हुँदैन !” भनेर सिकाउँन ! छोरीलाई रोक्नुको साटो छोरालाई सिकाएर पठाउँन !

येषां न विद्या न तपो न दानं ज्ञानं न शीलं न गुणो न धर्मः ।

ते मृत्यु लोके भुवि भारभूता मनुष्य रूपेण मृगाश्चरन्ति ।।

अर्थात् , जो मानिस ज्ञान, बुद्धि, राम्रो आचरण, सद्गुण र आफ्नो कर्तव्यको बारेमा अज्ञान छ त्यो मानव पृथ्वीमा बोझ हो । ऊ मानवरुपी दानव हो ।

तपाईं  आफ्नो ठाउँबाट  सुरुवात गर्नुहोस् , म आफ्नोबाट  गर्छु , आउनुहोस् हामी मिलेर मानव बनौं न !

सिफारिस

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भर्खरै

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

धेरै पढिएको