मजदुर दिवसका दिन उपराष्ट्रपति पुन ‘ग्रीन हाउस’ सरे

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा निवास सरेका छन् । उनी अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बस्दै आएको गैह्रीधारा स्थित सरकारी निवासबाट आज विहान लैनचौर स्थित उपराष्ट्रपति भवनमा सरेका हुन् ।

उनी आज विहान ७ः४५ बजे उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ । मन्त्री परिषदले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि सञ्चालनमा ल्याउने निर्णय गरेको ८ महिनापछि उपराष्ट्रपति त्यहाँ सरेका हुन् ।

गत भदौ २१ को बसेको मन्त्री परिषद् बैकठले उपराष्ट्रपतिको कार्यालय तथा निवास सम्बन्धी निर्णय गरेको थियो । उपराष्ट्रपतिको नीजि सचिवालयका अनुसार वातावरण मैत्री हरियो रङले रङ्ग्याइएका कारण उपराष्ट्रपति भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ ।

उपराष्ट्रपति सामान्य मर्मत सम्भारपछि लैनचौर सरेका हुन् । उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय भने केहीं दिनपछि मात्रै सर्ने जनाइएको छ ।

यसअघि उपराष्ट्रपतिज्यूको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ ।

तस्वीर : उपराष्ट्रपतिको नीजि सचिवालय

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको