रामेछापमा अत्याधिक गर्मी ,जनजीवन प्रभावित

रामेछाप १९ वैशाख ।
रामेछाप । केहिदिन  देखी बढेको अत्याधिक गर्मीका कारण रामेछापको जनजिवन प्रभावित भएको छ ।

सोमवार यता देखि  चर्को घामसँगै बढेकाे गर्मिका कारण दिउसोका समयमा बाहिरफेर हिडडिल गर्न तथा काममा निस्कन मुस्किल भएकाे छ । बिहिबार दिउँसोको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ। एकहप्ता अघिसम्म पानी परिरहेका बेला जनजिवन सामान्य रहेको थियो । वर्षात हुन छाडेपछि अकस्मात गर्मी बढेको हो । एक हप्ता देखी पानी पर्न सकेकाे छैन्
अकस्मात वढेको गर्मीका कारण निजि तथा सरकारी विद्यालयमा अध्ययनरत  विद्यार्थी तथा बालबालिका  वढी प्रभावित भएका छन् । अत्यन्त गर्मीका कारण घरवाट विद्यालयसम्म जान र विद्यालयबाट घरसम्म आउन समेत वालवालीकाहरु मुस्किल पर्ने गरेको छ । त्यस्तै विद्यालयमा जस्ताको छानामुनी वसेर अध्ययन गर्नुपर्दा वालवालीकाहरु विद्यालय भित्रै असिनपसिन हुने र निदाउने गर्ने गरेका छन् ।
गर्मीका कारण वाटो हिड्ने वटुवा, बृद्धबृद्धा, वालवालीकाहरु वढी मात्रामा प्रभावित भएका छन् ।  अकस्मात गर्मी बढेसँगै विरामी हुनेको संख्यामा समेत बृद्धि भएको तामाकोशी सहकारी अस्पताल मन्थलीले जनाएको छ । गर्मी बढेसगै  अस्पतालमा विमारीको संख्यामा समेत बृद्धि भएको हो । अस्पतालमा ज्वरो, टाइफाइड लगाएतका  विरामीहरु वढेको तामाकोशी सहकारी अस्पतालका निर्देशक डा.सुमन कर्माचार्यले बताउनु भयाे ।  अकस्मात गर्मी बढेकाले स्वास्थ्यमा समेत असर पर्नसक्ने हुदा शितलमा वस्न र घरबाट बाहिर निस्कदा छाता ओडेर निस्कन सल्लाह दिएका छन् ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको