रामेछाप १९ वैशाख ।
रामेछाप । केहिदिन देखी बढेको अत्याधिक गर्मीका कारण रामेछापको जनजिवन प्रभावित भएको छ ।
सोमवार यता देखि चर्को घामसँगै बढेकाे गर्मिका कारण दिउसोका समयमा बाहिरफेर हिडडिल गर्न तथा काममा निस्कन मुस्किल भएकाे छ । बिहिबार दिउँसोको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ। एकहप्ता अघिसम्म पानी परिरहेका बेला जनजिवन सामान्य रहेको थियो । वर्षात हुन छाडेपछि अकस्मात गर्मी बढेको हो । एक हप्ता देखी पानी पर्न सकेकाे छैन्
अकस्मात वढेको गर्मीका कारण निजि तथा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा बालबालिका वढी प्रभावित भएका छन् । अत्यन्त गर्मीका कारण घरवाट विद्यालयसम्म जान र विद्यालयबाट घरसम्म आउन समेत वालवालीकाहरु मुस्किल पर्ने गरेको छ । त्यस्तै विद्यालयमा जस्ताको छानामुनी वसेर अध्ययन गर्नुपर्दा वालवालीकाहरु विद्यालय भित्रै असिनपसिन हुने र निदाउने गर्ने गरेका छन् ।
गर्मीका कारण वाटो हिड्ने वटुवा, बृद्धबृद्धा, वालवालीकाहरु वढी मात्रामा प्रभावित भएका छन् । अकस्मात गर्मी बढेसँगै विरामी हुनेको संख्यामा समेत बृद्धि भएको तामाकोशी सहकारी अस्पताल मन्थलीले जनाएको छ । गर्मी बढेसगै अस्पतालमा विमारीको संख्यामा समेत बृद्धि भएको हो । अस्पतालमा ज्वरो, टाइफाइड लगाएतका विरामीहरु वढेको तामाकोशी सहकारी अस्पतालका निर्देशक डा.सुमन कर्माचार्यले बताउनु भयाे । अकस्मात गर्मी बढेकाले स्वास्थ्यमा समेत असर पर्नसक्ने हुदा शितलमा वस्न र घरबाट बाहिर निस्कदा छाता ओडेर निस्कन सल्लाह दिएका छन् ।