सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि, गरे यस्तो आग्रह

बिरगंज – प्रतिनिधि सभामा पर्साबाट प्रतिनिधित्व गर्ने सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार राति करीब ११ बजे सामाजिक सान्जाल फेसबुकमा स्टेटस लेख्दै उनले आफुलाई कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएका हुन्।

सांसद यादवले आफूलाई संक्रमणको कुनै लक्षण नदेखिएको जनाएका छन्। उनले फेसबुक स्टेटसमा लेखेका छन्, “मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसोलेट गरेर राखेको छु।”

लामो स्टेटसमा उनले सबैलाइ सुरक्षित हुन आग्रह गरेका छन्। उनले आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक काममा निस्किनु परेमा बिना मास्क ननिस्किन र व्यत्तिगत दूरी कायम राख्न आग्रह गरेका छन्। “संक्रमणमुक्त भएर मेरो प्राणभन्दा प्यारा जनाताको सेवामा चाडैं फर्किने छु”, उनले स्टेटसमा लेखेका छन्।

यादवले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाउँदै वीरगन्जमा बढ्दो संक्रमणको अवस्थाबारे जानकारी गराएका थिए। पत्रमा वीरगन्ज क्षेत्रमा ५०० शय्याको अस्पताल, विज्ञ टोली पठाउन, समुदायमा जाँचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न माग राखेको उनले बताए।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको