डम्बर निदाल
डडेल्धुरा – सेती नदीमा बगेर दुई जना बेपत्ता भएका छन् । डडेल्धुरा अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मी डोटीको शिखर नगरपालिका–१० गहनान स्थित सेती नदीमा नुहाउने क्रममा आज दिउँसो सवा २ बजे सेती नदीमा बेपत्ता भएका हुन् ।
डोटीमा रहेको शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान गएका उनीहरु फर्किने क्रममा नुहाउन सेती नदीमा गएका थिए । सेती नदीमा नुहाउने क्रममा उनिहरु बगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डडेल्धुरा परशुरामका हरी जोशी र बझाङ खप्तडछान्ना गाउँपालिका वडा नं. ५स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह बेपत्ता भएका र अस्पतालकै अर्का कर्मचारी प्रेम ठगुन्नाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डडेल्धुराबाट तिनवटा मोटरसाईकलमा ६ जना डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा पुगेको र नुहाउने क्रममा ३ जना सेती नदीमा बगेका जनाएको छ । एक जनालाई स्थानीयले बेहोस अवस्थामा उद्धार गरे पनि अन्य २ जना बेपत्ता भएको प्रहरीको भनाई छ ।
डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र ल्याव सुपरिटेनडेन्ट हरिष जोशी बेपत्ता भएका हुन । अहिले स्थानीय प्रहरी तथा स्थानीयहरुको सहयोगमा बेपत्ताको खोजी भईरहेको डडेल्धुरा अस्पताल बिकास समिति अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।
सेती नदिमा दुई जना स्वास्थ्यकर्मी बेपत्ता
