काठमाडौँ – आज जनैपूर्णिमा अर्थात् क्वाँटी खाने दिन आजको दिनलाई क्वाँटी खाने पुर्णिमा पनि भन्ने गरिन्छ। क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो। चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरालाई क्वाँटी भनिन्छ । क्वाँटी नेवारी शब्द हो। जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ। जनैपूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ।
यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो। क्वाँटी बनाउनका लागि प्रयोग गरिएका नौ प्रकारका गेडागुडी प्रोटिनले भरिपूर्ण हुन्छन्।
क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा हो। यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। कुनै पनि समयमा मानिसलाई कमजोर महसुस भएको खण्डमा क्वाँटी खानु उपयुक्त हुने चिकित्सकहरुको भनाई छ ।
क्वाँटी खाँदा हुने फाइदाहरु
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
कब्जियत हटाउँछ।
पाचनशक्तिमा सुधार गर्छ।
कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ।
शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
स्मरणशक्ति वृद्धि गर्छ।
मानसिक स्वास्थ्यमा सुधार गर्छ।
पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।
कुपोषण हटाउन सहयोग गर्छ।
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्याउँछ।
बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ।
