काठमाडौं- काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ४३ जना, भक्तपुरका ५ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ३१ जनामा संक्रमण देखिएको थियो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन पूर्णरुपमा खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्ला र विदेशबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
