काठमाडौँ- कोरोना संक्रमणको शंका लागेका वा जोखिमयुक्त ठाउँबाट काठमाडौं उपत्यका आउने मानिसहरूको परीक्षण गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाब संकलन केन्द्र तोकेको छ।
मन्त्रालयले उपत्यकाका विभिन्न १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र तोकेको छ। जसमा पाटन, सिभिल, टिचिङ, टेकु, वीरेन्द्र, स्टार, नेपाल प्रहरी, भक्तपुर, केएमसी, वीर, सशस्त्र प्रहरी, प्रसूति गृह, नेपाल कोरिया मैत्री र ह्याम्स अस्पताल छन्। यी अस्पतालमा बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सकिने छ।
संक्रमण जोखिम बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालन गर्न आग्रह गरेको छ।
