रामेछापमा पहिलो पटक शव वाहन

रामेछाप-
नेपाली काङ्ग्रेस  रामेछापका महाधिवेशन प्रतिनिधि भरत प्रसाद चाैलागाईकाे निजी लगानीमा रामेछाप नगरपालिका रामेछापलाई शव वाहन उपलब्ध गराएकाे छ ।

नेपाली काङ्ग्रेस नगर कार्यसमिति रामेछापले रामेछापमा मंगलबार  एक कार्यक्रमकाे अायाेजना गरि नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेकाे हाे । नेपाली काङ्ग्रेसका बरिस्ठ नेता तथा  पुर्व उपप्रधानमन्त्री रामचन्द्र पाैडेलद्वारा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरलाई हस्तान्तरण गरिएकाे छ । उक्त शव वाहन जिल्लाकै पहिलो हो । शव वाहन नहुँदा रामेछापमा विभिन्न घटनामा परेर ज्यान गुमाएकाहरूको पोस्टमार्टम गर्न अस्पतालसम्म शव ल्याउन समस्या हुँदै आएको थियो । साे बाहन नगरकाे सामित्वमा रहने छ ।
कार्यक्रममा बाेल्दै नेता पाैडेलले अहिले कम्युनिस्ट सरकार झुठा सपना बाड्दै हिडिरहेकाे , नयाँ याेजना केही नभएकाे बताउदै काङ्ग्रेसले ल्याएकाे याेजनाकाे उत्घान गर्दै हिडेकाे र प्रचारमा ब्यस्त रहेकाे अाराेप लगाउनु भयाे ।
सरकारकाे सबै गतिविधि सिंहदरमा केन्द्रित भएकाे भन्दै उहाले याे सरकारले नागरिकलाई लाेकतन्त्रकाे अनुभुति दिन नसकेकाे बताउनु भयाे । त्यसै गरि  विश्वबाट बिदा भएको कम्युनिज्म नेपालमा प्रयोग गर्न खोज्दा सर्वत्र निराशा व्याप्त भएको बताउभयाे । त्यसै प्रधानमन्त्रीले देशका सबै निकायलाई आफ्नो नियन्त्रणमा राखेर सर्वसत्तावादतर्फ मुलुकलाई लैजान खाेजेकाे अाराेप सम्म लगाउनु भयाे ।

नेपाली काङ्ग्रेस नगर समन्वय समिति रामेछापले अायाेजना गरेकाे शव बाहन कार्यक्रममा पुर्व अर्थमन्त्री डा : रामशरण महत , नेपाली काङ्ग्रेस रामेछापका पाटि सभापति लवश्री न्याैपाने, पुर्व पाटि सभापति रामचन्द्र खड्का, सांसदका उमेदवार रत्न कार्की , जीत बहादुर मगर लगाएतले मन्तब्य राख्नुभएकाे थियाे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको