रामेछापमा पहिलो पटक शव वाहन

रामेछाप-
नेपाली काङ्ग्रेस  रामेछापका महाधिवेशन प्रतिनिधि भरत प्रसाद चाैलागाईकाे निजी लगानीमा रामेछाप नगरपालिका रामेछापलाई शव वाहन उपलब्ध गराएकाे छ ।

नेपाली काङ्ग्रेस नगर कार्यसमिति रामेछापले रामेछापमा मंगलबार  एक कार्यक्रमकाे अायाेजना गरि नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेकाे हाे । नेपाली काङ्ग्रेसका बरिस्ठ नेता तथा  पुर्व उपप्रधानमन्त्री रामचन्द्र पाैडेलद्वारा रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरलाई हस्तान्तरण गरिएकाे छ । उक्त शव वाहन जिल्लाकै पहिलो हो । शव वाहन नहुँदा रामेछापमा विभिन्न घटनामा परेर ज्यान गुमाएकाहरूको पोस्टमार्टम गर्न अस्पतालसम्म शव ल्याउन समस्या हुँदै आएको थियो । साे बाहन नगरकाे सामित्वमा रहने छ ।
कार्यक्रममा बाेल्दै नेता पाैडेलले अहिले कम्युनिस्ट सरकार झुठा सपना बाड्दै हिडिरहेकाे , नयाँ याेजना केही नभएकाे बताउदै काङ्ग्रेसले ल्याएकाे याेजनाकाे उत्घान गर्दै हिडेकाे र प्रचारमा ब्यस्त रहेकाे अाराेप लगाउनु भयाे ।
सरकारकाे सबै गतिविधि सिंहदरमा केन्द्रित भएकाे भन्दै उहाले याे सरकारले नागरिकलाई लाेकतन्त्रकाे अनुभुति दिन नसकेकाे बताउनु भयाे । त्यसै गरि  विश्वबाट बिदा भएको कम्युनिज्म नेपालमा प्रयोग गर्न खोज्दा सर्वत्र निराशा व्याप्त भएको बताउभयाे । त्यसै प्रधानमन्त्रीले देशका सबै निकायलाई आफ्नो नियन्त्रणमा राखेर सर्वसत्तावादतर्फ मुलुकलाई लैजान खाेजेकाे अाराेप सम्म लगाउनु भयाे ।

नेपाली काङ्ग्रेस नगर समन्वय समिति रामेछापले अायाेजना गरेकाे शव बाहन कार्यक्रममा पुर्व अर्थमन्त्री डा : रामशरण महत , नेपाली काङ्ग्रेस रामेछापका पाटि सभापति लवश्री न्याैपाने, पुर्व पाटि सभापति रामचन्द्र खड्का, सांसदका उमेदवार रत्न कार्की , जीत बहादुर मगर लगाएतले मन्तब्य राख्नुभएकाे थियाे ।

सिफारिस

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

धेरै पढिएको