सार्वजनिक सेवा, सुशासनिक यथार्थताका आधारहरु

ईश्वरीप्रसाद पोखरेल

स्थीर राजनैतिक जगको प्रारम्भ नेकपाको गठबन्धनबाट शुरु भयो । झण्डै दुईतिहाई नजिकको नेकपाको सरकारको निर्माण भएको झण्डै अढाइ वर्ष पूरा भएको छ । नेकपा पार्टीको राजनैतिक गतिविधि र उक्त सरकारको सार्वजनिक प्रशासनको सञ्चालन स्थितिको गम्भीर समीक्षा हुन सकेको छैन । नेकपा निर्माणको अढाइ वर्षको अवधिमा पार्टी आधिकारिक निकाय केन्द्रीय कमिटी तथा स्थायी कमिटी बैठक बस्ने गरेको देखिँदैन ।

पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक सुशासन तथा सरकारको सञ्चालनका गतिविधि एवम् सुशासनबारे उपयुक्त छलफल गरी सही नारा तय गर्न नसकेको देखिन्छ । यसरी अगाडि बढेको पार्टी तथा सरकारको अन्यौलता आजको यथार्थता हो । यसर्थ साँच्चै नेकपा राजनीतिक तथा प्रशासनिक तहमा सुशासन कायम गर्न इमानदार छ,संघीयता कार्यान्वयनप्रति पूर्ण प्रतिवद्धछ । हरेक नेपाली नागरिकले सामाजिक तथा प्राकृतिक न्याय पाउने सुनिश्चितता गरिनु पर्दछ । नेकपा सरकारको जग कम्युनिष्ट समाजवादी दर्शन हो र यसमा अडिग हुन्छ भने यी विषय पक्षमा ध्यान दिनु आवश्यक देखिन्छ । लेख त्यसैमा केन्द्रित हुनेछ ।

नेकपाको कम्युनिष्ट दर्शन तथा सामाजिक न्याय 

नेकपाको राजनीतिक चरित्र के हो ? सामाजिक न्यायको आधार क्षेत्र के हो ? पार्टी विधान, पार्टीको राजनैतिक प्रतिवेदन तथा निर्धारित सिद्धान्त र आवधिक चुनावमा प्रयोग भएका चुनावी घोषणा पत्र आदिको आधारमा पार्टी तथा सरकार कसरी चलिरहेको छ ? यी पक्षमा राजनीतिक नेतृत्व, पार्टीका जिम्मेवार निकायहरु जवाफदेही हुनु पर्दछ । त्यसै अनुरुप सरकारले सार्वजनिक प्रशासन तथा व्यवस्थापन सामाजिक न्यायपूर्ण बनाएको हुनु पर्दछ ।

नेकपाको सरकार, कम्युनिष्ट दर्शनमा जन्माइएका राज्यका निकायहरुमा मालिक र सेवकको दर्जा हुनु हुँदैन । समावेशिता, सहभागिता र पारदर्शिता मुख्य हुनुपर्दछ, त्यसमा सेवा समूहका नाममा कुनै विभेद गरिनु हुँदैन । तर नेकपा सरकारकै अगुवाईमा कर्मचारी समायोजन ऐन २०७५ सेवासमूह, उपसमूहका नाममा दास र मालिक हुने विभेदकारी समायोजन पद्धति नीतिगत कार्यान्वयनमा ल्याउनुले कम्युनिष्ट दर्शन र सामाजिक न्यायमाथि प्रश्न उठेको छ । यो धेरै लज्जाको विषय हो ।

नेकपा पार्टी तथा सरकार गम्भीर होस् 

देशमा लोककल्याण तथा प्रशासनिक व्यवस्थापनका लागि राज्यका तर्फबाट सेवा प्रदान गर्न स्थापित हुने सबै सार्वजनिक सेवा, समूह, उपसमूहहरुको औचित्य सावित गर्नुपर्दछ । यसर्थ राज्य सञ्चालनमा सबै नागरिक तथा सरोकारवालाको समान सहभागिता हुनुपर्दछ । यसरी सबै सार्वजनिक सेवामा प्रवेश गरेका कर्मचारीहरुले आ आफ्नो विषय क्षेत्रमा वृत्ति विकासको वैज्ञानिक पदसोपान निर्धारणबाट लाभान्वित हुनु पर्दछ । वैज्ञानिक विधि, प्रक्रिया र मापदण्ड निर्माण गरी पारदर्शी रुपले सामाजिक तथा प्राकृतिक न्यायको व्यवस्था आवश्यक हुन्छ ।

ऐन कानुन तथा व्यवहारबाट राज्यको अभिभावकत्व सबै सेवामा समान सावित हुनु पर्दछ । सार्वजनिक सेवामा सेवा समूह, उपसमूहका नाममा कुनै विभेद हुनु हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्दछ । तसर्थ नेकपा पार्टी तथा सरकार राज्यका निर्धारित सेवाहरुमा राज्य तहको नेतृत्वबाट कुनै विभेद छैन र सबै सेवाका कर्मचारीहरुमा समानभाव र पक्षपातरहित अभिभावकत्व छ, भन्ने विश्वास आवश्यक छ ।

प्रशासनिक सुदृढीकरणमा सचेतता 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नामाकरण तथा कार्यक्षेत्र नै त्रुटिपूर्ण देखिन्छ । यसर्थ संघीय मामिला, न्याय, कानुन तथा संसदीय मामिला मन्त्रालय छुट्टै हुनु उचित हुन्छ । सामान्य प्रशासन भन्ने शब्दको सट्टा केन्द्रीय तहमा संघीय जनशक्ति व्यवस्थापन तथा सार्वजनिक सेवा मन्त्रालयको विशेष कार्यक्षेत्र तोकी छुट्टै मन्त्रालयको आवश्यकता देखिन्छ ।

विद्यमान अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राथमिकतामा संघीय मामिला सम्बन्धका काम त ओझेलमा परेकै छन् । सार्वजनिक सेवाको महत्वलाई प्राथमिकतामा राखी काम गर्न सकेको छैन । यो मन्त्रालय केबल एकल प्रशासन सेवा समूहको हित र सरुवा बढुवा र वृत्ति विकासमा मात्र केन्द्रित पाइन्छ । यो मन्त्रालयबाट अन्य सेवा, समूह, उपसमूहका कर्मचारीहरुको शासकीय दायित्वमा प्रशासन सेवाका कर्मचारीलाई नेतृत्व तहमा राखिएको हुन्छ ।

यसरी नीतिगत, कानुनी व्यवस्थाबाट अन्य सेवालाई उकास्नेभन्दा उल्टो दमन गर्ने र वृत्ति विकासका ढोका खोल्नेभन्दा बन्द गर्ने आपत्तिजनक भूमिका निर्वाह गरिरहेको अवस्था पाइन्छ । उदाहरण अनेकौँ होलान्, तर एउटा पिडादायी विभेदको शिकार शिक्षा सेवालाई बनाइएको र वृत्ति विकास होस् वा प्रदेश तथा स्थानीय तहमा समायोजन होस् । यो सरकारी तहबाट गरिएको अपराध हो, भन्न सकिन्छ, यही कारण सार्वजनिक सेवामा सुशासन भन्ने कुरा दन्तेकथा बन्न पुगेको छ । यसले मुलुकमा कम्युनिष्ट समाजवादी पार्टीको सरकार छ वा घोर सामन्तवादी बिचौलियाको राज चलिरहेछ, छुट्याउन कठिन हुँदो छ ।

तसर्थ प्रशासनिक सुदृढीकरण र न्यायिक वातावरण मुख्य कुरा हो, प्राविधिक, व्यावसायिक तथा विषयगत सेवालाई दास र कुनै सिप र क्षमता नभएको प्रशासनलाई मालिक सेवा बनाएर देश समृद्ध हुँदैन । कोरोना जस्ता भयावह स्थितिसित सामना गर्न जुन सेवा वा सरोकारको विषयसम्बद्ध मन्त्रालय हो, त्यसमा त्यही सेवाको नेतृत्व विकास र अवसर नमिलेमा प्रशासन सुदृढीकरण हुने छैन, नेकपा सरकारको ध्यानाकर्षण होस् ।

मनमस्तिष्कमा विश्वासिलो अभिभावकत्व खाँचो 

कुनै पनि पार्टी तथा सरकारको सफलताको मुल आधार सार्वजनिक प्रशासन तथा सुशासन हो । राजनैतिक नेताको नेतृत्वमा प्रशासनको परिचालन र जवाफदेहिता हो । आर्थिक खर्च र अभिलेख व्यवस्थापन तथा सुशासनको जिम्मेवारी प्रशासनको दायित्व हो । राजनीतिक नेतृत्वलाई उचित राय सुझाव तथा विकल्प दिएर सही बाटो देखाउने प्रशासनिक धर्म हो र प्रशासनिक जगमा शासन चलाउने दायित्व वा कर्तव्य राजनीतिक नेतृत्वको हो । यसर्थ राजनीति तथा प्रशासनको क्षेत्र स्पष्ट हुनु पर्दछ र एक अर्काको काममा हस्तक्षेप हुनु हुँदैन ।

तसर्थ सार्वजनिक सेवाका कर्मचारीहरुको विशेष उत्प्रेरणाका लागि सबै सेवा, समूह, उपसमूहमा समानता र सेवा सुविधा तथा वृत्ति विकासका आधारमा स्पष्ट पारदर्शिताको नीति लागु हुनु अनिवार्य सर्त हुन्छ । तर दुखद कुरा नेपालको सार्वजनिक प्रशासन व्यवस्थापनमा प्रशासन सेवा समूह बाहेक अन्य सेवाका कर्मचारीहरुको हैसियत दोस्रो दर्जाका नागरिक सरह छ ।

उनीहरुले आफ्नो पेसासम्बद्ध गुनासो तथा वृत्ति विकासको अवरोधको कारण सुनाउने प्रतिनिधिसमेत सधैँ एकल प्रतिस्पर्धी प्रशासन सेवा समूहकै पदाधिकारी हुने गर्दछन् । सबै मन्त्रालय तथा निकायमा अड्डा जम्मा प्रशासन तथा व्यवस्थापनमा रहेका प्रशासकहरुले कहिल्यै सामाजिक तथा प्राकृतिक न्याय गर्दैनन् भन्ने २५ वर्षको शिक्षा सेवाको अनुभव छ । नेपालको विशेषता के छ भने, काम गर्ने र मेहनतीहरु ओझेलमा पारिने र जी, हजुरीमा खप्पिस तथा लेनदेनमा रमाएकाहरुको फलिफाप हुने जागीरे जीवनलाई सफल ठानिन्छ ।

सरकारी पदलाई नै वैयक्तिक स्वार्थमा लेनदेनमा पसाइएको अवस्था छ । यसर्थ जुनसुकै सेवाको सचिव पदमा आसिन भएपनि न्याय गर्दैन र अन्यायलाई न्याय ठान्दछ भन्ने इतिहास शिक्षा सेवाको कर्मचारी समायोजनमा देखिएको विभेदले सावित गरेको छ ।

यसबाट कुनै सेवा, समूह, उपसमूह कुनै सेवाका लागि मुख्य शत्रु होइनन्, प्रवृत्ति चाहिँ हो भन्ने स्पष्ट देखिएको छ । तसर्थ सार्वजनिक सेवामा सामाजिक तथा प्राकृतिक न्यायसहितको नेतृत्व र अभिभावकत्व मुलुकलाई अति जरुरी देखिन्छ । मनमस्तिष्कमा विश्वासिलो अभिभावकत्व विना सुशासनमा मुलुक प्रवेश गर्न सक्दैन । नेकपा पार्टी र सरकारको गम्भीर ध्यानाकर्षण होस् ।

(लेखक पोखरेल नेपाल सरकारका उपसचिव हुन्)

सिफारिस

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै रास्वपाकै सांसद डा. अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

भर्खरै

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

धेरै पढिएको