एआईजी बस्न्यातले पाए पूर्वराष्ट्रपतिपछि अहिले सम्मकै ठूलो सम्मान

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धीरु बस्न्यात मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजीपी बस्न्यातलाई सम्मान गरेको हो । नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजीपी बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहका बीच मानार्थ डनको प्रमाणपत्रद्धारा सम्मान तथा तेक्वान्दो खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत सिकले तेक्वान्दो खेलका लागि पूर्याएको भूमिकाको उच्च मूल्यांकन गर्दै एआईजीपी बस्न्यातलाई मानार्थ डानको उपाधि सहित सम्मानित गरिएको जानकारी दिए । उनले नेपालमा तेक्वान्दो खेलको विकास राम्रोसंग भईरहेको भन्दै यही खेलको माध्यमबाट समेत नेपाल र कोरियाको सम्बन्ध झन नजिक बनिरहेको उल्लेख गरे । एआईजीपी बस्न्यात एक कुशल, अनुभवी, क्षमतावान र निष्ठावान प्रहरी अफिसर भएको बताउँदै राजदूत सिकले मानार्थ डानले सम्मान गर्न पाउँदा आँफू र कोरिया सरकारलाई खुसी लागेको समेत बताए ।

एआईजीपी बस्न्यातले पाएको सम्मानलाई देश, जनता र सिँगो प्रहरी सँगठनको हित र प्रतिष्ठाका लागि लगाउने बताए । नेपाल र कोरियाका बीच बिभिन्न आयामहरुमा लामो समय देखि हार्दिकतापूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै एआईजीपी बस्न्यातले नेपालमा तेक्वान्दो खेलको प्रवद्र्धनका लागि कोरिया सरकारले गरिरहेको सहयोगको चर्चा गरे ।

कोरिया सरकारले यसअघि सोही उपाधिले पूर्व राष्ट्रपति रामवरण यादवलाई सम्मान गरेको थियो । सो पछि मानार्थ डान पाउनेमा एआईजीपी बस्न्यात दोश्रो नेपाली बन्न पुगेका छन् ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको