एआईजी बस्न्यातले पाए पूर्वराष्ट्रपतिपछि अहिले सम्मकै ठूलो सम्मान

काठमाडौं – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धीरु बस्न्यात मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजीपी बस्न्यातलाई सम्मान गरेको हो । नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजीपी बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहका बीच मानार्थ डनको प्रमाणपत्रद्धारा सम्मान तथा तेक्वान्दो खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत सिकले तेक्वान्दो खेलका लागि पूर्याएको भूमिकाको उच्च मूल्यांकन गर्दै एआईजीपी बस्न्यातलाई मानार्थ डानको उपाधि सहित सम्मानित गरिएको जानकारी दिए । उनले नेपालमा तेक्वान्दो खेलको विकास राम्रोसंग भईरहेको भन्दै यही खेलको माध्यमबाट समेत नेपाल र कोरियाको सम्बन्ध झन नजिक बनिरहेको उल्लेख गरे । एआईजीपी बस्न्यात एक कुशल, अनुभवी, क्षमतावान र निष्ठावान प्रहरी अफिसर भएको बताउँदै राजदूत सिकले मानार्थ डानले सम्मान गर्न पाउँदा आँफू र कोरिया सरकारलाई खुसी लागेको समेत बताए ।

एआईजीपी बस्न्यातले पाएको सम्मानलाई देश, जनता र सिँगो प्रहरी सँगठनको हित र प्रतिष्ठाका लागि लगाउने बताए । नेपाल र कोरियाका बीच बिभिन्न आयामहरुमा लामो समय देखि हार्दिकतापूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै एआईजीपी बस्न्यातले नेपालमा तेक्वान्दो खेलको प्रवद्र्धनका लागि कोरिया सरकारले गरिरहेको सहयोगको चर्चा गरे ।

कोरिया सरकारले यसअघि सोही उपाधिले पूर्व राष्ट्रपति रामवरण यादवलाई सम्मान गरेको थियो । सो पछि मानार्थ डान पाउनेमा एआईजीपी बस्न्यात दोश्रो नेपाली बन्न पुगेका छन् ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको