डम्बर निदाल
डडेल्धुरा – अमरगढी नगरपालिका भित्रकै झरना ओझेलमा परेका छन । प्रचार प्रसार हुन नसक्दा जिल्ला सदरमुकाम छेउमै रहेका झरना ओझेलमा परेका हुन ।
अमरगढी नगरपालीका–९ छहडे (छणे) खोलामा तीन वटा झरना छन् । उक्त झरनामा करिब ५० मिटर उचाईबाट पानी खसिरहन्छन् ।
जिल्ला सदरमुकामबाट करिब छ किलोमिटरको दुरीमा यि झरना छन् । डडेल्धुरा–बैतडी महाकाली राजमार्गको उग्रतारा मन्दिर जाने मुलद्धार डकलेबाट यहाँ म्म मोटर बाटो छ । करिब डेढ किलोमिटर मात्रै कच्चि सडक बाटो छ ।
डकले–सल्लाघारी जोड्ने सडकको निदाल गाउँ, चमालेक गाउँको छेउ भएर बग्ने खोलामा झरना छन् । एउटा ठुलो झरना सडक भन्दामाथि छ भने दुई वटा झरना सडक तल छन् ।
झरनासम्म सडकबाट करिब १५ मिटर पैदल हिड्दा पुगिन्छ । जिल्ला सदरमुकामबाट पैदल बाटो भएर जाने हो भने पनि झरनासम्म पुग्न करिब एक घण्टाको समय लाग्छ । किनमडे, बकिन्ने, हतर्क हुदै झरनासम्म पुगिन्छ । तर अहिलेसम्म स्थानिय सरकार लगायत कुनै पनि सरोकारवाला निकायको ध्यान जान नसक्दा पर्यटकिय सम्भावना बोकेका झरना ओझेलमा छन ।
यि झरनाको संरक्षण र प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने स्थानियवासीको भनाई छ । सुगमस्थान एवं प्रचुर सम्भावना भए पनि झरना आझेलमा परेका छन । पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीय रूपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।
झरनाको प्रचार–प्रसार र सहजताका लागि बाटोघाटोको बनाउन सकिएको छैन । झर्नासम्म जाने बाटो व्यवस्थित रुपमा निर्माण गर्न सके पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको छ । झरनासम्म पुग्ने बाटो, बर्षा हुदा ओत बस्ने ठाउँ, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना निर्माणका लागि अहिलेसम्म कुनै पहल भएको छैन ।
