रामेछाप – काेभिट १९ लाई नियन्त्रणमा लिन तथा बच्नका लागि जिल्ला भित्र स्वास्थ्य सुरक्षा सतर्कतामा कडाइ गरिने भएकाे छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाे अध्यक्षता शुक्रबार जिल्ला प्रशासन कार्यलयमा बसेकाे संकट व्यवस्थापन केन्द्रकाे बैठकबाट जिल्लामा काेभिड १९ काे संक्रमणलाई नियन्त्रणमा लिन तथा फैलिन नदिनकाे लागि स्वास्थ्य सुरक्षा सतर्कतामा कडाइ गरिने निर्णय गरिएकाे हाे ।
उक्त बैठले शनिबारबाट रामेछाप प्रवेश गर्ने नाकाहरुमा सवारी चेकजाँचमा कडाइ गर्ने, इन्धन तथा अाैषधी पसल भन्दा बाहेकका पसलहरु दिउसो ४ बजे पछि बन्द गरिने, जिल्लाका विभिन्न स्थानहरुमा लाग्ने हाटबजारहरु पुर्ण रुपमा बन्द गर्ने । अत्यावश्यक काममा भन्दा बाहेक हिडडुलमा राेक लगाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेकाे मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा नअपनाउने र अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरिएकाे प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयाे ।
बैठकमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएकाे बताउनु भयाे । एकै ठाउमा धेरैलाइ राख्नुपर्दा त्यसमध्ये कुनै एकमा संक्रमण भए सबैमा सर्ने खत्रा हुने बताउदै उहाले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई व्यक्ति पिछे छुट्टाछुट्टै काेठा , धारा र चर्पि दिन नसकिने हुदा जाेखिम रहेकाे बताउनु भएकाे हाे । त्यसैगरि बैठकमा जिल्ला अस्पतालका काेराेना डाक्टर अानन्द अाचार्यले सरकारले काेराेनाकाे परिक्षण दायरा बढाएकाे भएता पनि जिल्लामा भिटिएम कीट अभाव भएकाे हुदा साेचेजति परिक्षण गराउन नसकिएको बताउनु भयाे ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख,जनस्वास्थ्य प्रमुख, स्थानिय तहहरुका प्रमुख, जिल्ला प्रहरी कार्यलयका ,सुरक्षा निकायका प्रमुखहरु ,पत्रकार महासंघ,उद्योग बाणिज्य संघ लगाएत सराेकारवालाहरुकाेे सहभागीता रहेकाे थियाे ।
