आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौँ – आज श्रीकृष्ण जन्माष्टमी ,मुलुकभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित गीतादर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ ।

भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी नक्षत्रमा द्वापरयुगमा माता देवकी र पिता वसुदेवबाट आठौं सन्तानका रुपमा मथुराको बन्दीगृहमा भगवान कृष्णको जन्म भएको हो । उहाँको जन्म भएकाले यस दिनलाई कृष्णजन्माष्टमी पर्वको रुपमा मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म हुँदा बन्दीगृहका पहरेदार मोहित भई कारागार खुलेको हुँदा यस रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ । पृथ्वीमा प्राणीको संरक्षण र धर्मको संस्थापनाका लागि भगवान विष्णुले आठौं अवतारको रुपमा कृष्ण अवतार लिनुभएको मानिन्छ । उहाँको यस अवतारलाई पूर्णावतार मानी भगवान कृष्णलाई योगेश्वर भन्ने गरिन्छ । धर्म रक्षार्थ उहाँले कंसको बध गर्नुभएको र गाई संरक्षणका लागि गोवद्र्धन पर्वत बचाउनुभएको पाइन्छ । भगवान कृष्णले कंसपात्र पूतनाको स्तनपान गरी रगतसमेत चुसेर उनको संहार गरेको सम्झनामा नागपञ्चमीदेखि देखाइने लाखेनाच कृष्णाष्टमीमा सेलाउने चलन छ । यस दिनमा कृष्णको बाल्यकाल झल्काउने बाललीला, यौवनकालको रासलीला लगायतका कृष्णलीलाको मञ्चन गरिन्छ ।

भगवान कृष्णले महाभारतको युद्धका बेला अन्याय र असत्यको बाटोमा लागेका कौरवको विपक्षमा रहेर सत्य र परोपकारमा लागेका पाण्डवलाई साथ दिई धर्मयुद्ध गराई न्यायको स्थापना गर्न सहयोग गर्नुभएको थियो । धनुषधारी अर्जुनको सारथी बनेर उहाँले दिनुभएको ज्ञानयोग, कर्मयोग तथा भक्तियोगको गीतादर्शन विश्वमै बेजोड मानिन्छ । श्रीमदभागवत् गीताको रुपमा परिचित यो ग्रन्थ वेद उपनिषद्को सारसंग्रह भएकाले धर्मग्रन्थका रुपमा सम्मानित छ । कृष्णाष्टमीका दिन उहाँको जीवनी र ज्ञानले भरिएका कृष्णचरित्र,भगवतगीता,महाभारत, श्रीमदभागवत महापुराणको वाचन श्रवण गरिनुका साथै घरघरमा राधाकृष्णको झुला निकाली भजनकीर्तन र पूजाआजा गरिन्छ ।

कृष्णाष्टमीदेखि लोकमा तीजको गीत गाउन थालिन्छ । कृष्णाष्टमीका दिन ललितपुरको पाटनस्थित कृष्णमन्दिर, काठमाडौको स्वयम्भूमा रहेको गीतामन्दिर, टेकुमा रहेको राधाकृष्णमन्दिर, बूढानीलकण्ठस्थित कृष्णमन्दिरका साथै चतराधाम, कालीगण्डकी नदीकिनारमा रहेका देवघाट केलादीघाट रुरुक्षेत्रका कृष्णमन्दिरलगायत देशैभर भगवान श्रीकृष्णको विशेष भक्ति र उपासना गरी कृष्णजन्माष्टमी पर्व मनाउने परम्परा छ ।

तर यस वर्ष कारोना भइरसको संक्रमणबाट उत्पन्न महामारीका कारण यस वर्षको कृष्णाष्टमी पर्व प्रभावित भएको छ ।।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको