डम्बर निदाल
डडेल्धुरा -डोटीमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । घटनामा थप ३४ जना घाइते भएका छन् । धनगढीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका —१ फुलोटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कायर्यालय डोटीले जनाएको छ ।
बसमा चालक सहित ३७ जना सवार रहेकोमा ३ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३४ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन । घाईते भएकाहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । त्रिनगर सिमानाका वाट भारत वाट फर्किएकाहरुलाई लगेर अछाम जाँदै गरेको उक्त बस आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
बस सडक वाट करिव १०० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुलेको छैन् । बस चालक लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
