कोरोना जोखिम झनै बढे, संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा धमाधम संक्रमण

काठमाडौं – कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर १ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित थिए। त्यसयता पनि देशभरका विभिन्न अस्पतालहरूमा थप स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो संख्या दिनहुँ बढ्दो क्रममा छ। हालसम्म प्रदेश १ मा आठजना स्वास्थ्यकर्मी संक्रमित छन्। त्यस्तै प्रदेश २ मा ७८ जना र बागमती प्रदेशमा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेशमा संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको छ भने प्रदेश ५ मा महिला १२ र कर्णाली प्रदेशमा २२ जना स्वास्थ्यकर्मी संक्रमित छन्। सुदूरपश्चिम प्रदेशमा २७ जना छन्।

नोबल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुईजना चिकित्सकको शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले चिकित्सक एवं स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मुलुकभरका अस्पतालमा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘फ्रन्ट लाइनमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई अनिवार्यरूपमा पीसीआर परीक्षण गराई कामकाजमा लगाउनु पर्छ।’

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुई चिकित्सक र चारजना नर्स संक्रमित छन्। त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालका डाक्टर, नर्स र प्रयोगशालाकर्मीसहित १६ जना संक्रमित छन्। वीर अस्पतालका तीनजना चिकित्सकमा यसअघि नै कोरोना संक्रमणको पुष्टि भइसकेको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको