नाली ब्यवस्थापन नहुँदा सडकमै खोला, ग्रामिण सडकमा जोखिम पुर्ण यात्रा

डम्बर निदाल, डडेल्धुरा- डडेल्धुरा सदरमुकामका अधिकांस सडकहरु व्यवस्थापन नहुँदा जलमग्न हुने गरेका छन् । ग्रामीण सडक त वर्षातमा बन्द हुने अबस्थामा छन नै डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका अन्र्तगतका बागबजार देखि तुफानडाडा, जिल्ला प्रशासन भई टुँडिखेलसम्म जाने सडक खण्ड, डडेल्धुरा अस्पताल जाने बाटो लगायतका मुख्य सडकमा ढल तथा नाली निकास नहुँदा हिलाम्मे हुने गरेका छन् ।

पानी पर्ने बित्तिकै सडकको अवस्था खराब हुँदा सडकमा पैदल हिंडने सर्बसाधारण देखि आवतजावत गर्ने यातायातका साधनहरुले सास्ती भोग्नु परेको स्थानिय व्यापारीहरुको गुनासो रहेको छ ।
सरकारले डडेल्धुरा सदरमुकामको मुख्य बजारलाई स्मार्ट सिटि बनाउने महत्वाकांक्षी लक्ष्य लिएको छ तर सदरमुकामका मुख्य तथा भित्रि सडकको अवस्था हेर्ने होभने बेहाल मात्र छैन दुर्घटनाको संभावित सडक बन्दै गईरहेको स्थानीय बताउछन् ।
पछिल्लो समयमा दुई दशक अगाडी निर्माण भएको कालोपत्रे पक्की सडक पनि वर्षात भेलको पानी व्यवस्थापन नहुँदा र पानीले सडकमै खोलो बन्नाले कमजोर र अस्तव्यस्त बनेको छ । मुख्य सडकका नाली समेत निर्माण सामग्री लोडअनलोड तथा माटोपानी बगेर सडक विग्रदा सडक क्षेत्रमा जोखिम पनि बढेको स्थानीय गणेश पाठकले बताए ।
अमरगढी नगरपालिकाको तुफानडाँडा चोक, प्रशासन जाने बाटो, बागबजार–प्रशासन लगाएत अन्य ग्रामिण सडकमा पनि नाली नहुदा साघुँरो सडक त्यसमा पनि वर्षातको समयमा विच सडक बाटै पानी बग्दा मुख्य बाटोमा समेत आवत जावतमा समस्या रहेको छ ।

त्यस्तै जिल्लाका अधिकांस ग्रामिण सडक हिलाम्मे भएका छन । सडकमा खाल्टाखुल्टी तथा हिलो हुने गरेको भए पनि बिग्रिएका कच्ची सडकमा जोखिम मोलेर यातायातका सवारी साधन संचालन भईरहेका छन ।
स्थानिय तहहरुले बिग्रेका सडकको स्तरोन्नती गर्नु भन्दा नयाँ योजनालाई प्राथमिकता दिंदा गाडी चल्ने सडकहरु कष्टपुर्ण बन्दै गईरहेका छन् । लगातारको बर्षाका कारण सदरमुकाम मात्र नभई जिल्लाका दर्जन बढी ग्रामिण सडक कच्ची सँगै जोखिमपुर्ण अवस्थामा रहेका छन ।

यातायातका सवारी साधन नियमित संचालन गर्न कम्तीमा सडकहरुमा जथाभाबी रहेको निर्माण सामग्री र नालि व्यवस्थापन गर्न सके यात्रा सुरक्षित हुने सार्बजनिक यातायातका चालकहरुको भनाई छ ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको