उपत्यकामा लकडाउनभन्दा पनि कडा नियम लागु, आदेश उल्लंघन गरे ५०० देखि एक महिनासम्म कैद

काठमाडौं -कोरोनाभाइरस संक्रमणको जोखिम घटाउन काठमाडौँ उपत्यकामा हुने सार्वजनिक तथा व्यापारिक गतिविधिमा आजबाट थप कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको संयुक्त बैठकले यस्ता गतिविधिमा थप कडाइ गर्ने निर्णय गरेको हो।

बैठकपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै आदेशमार्फत विभिन्न गतिविधिमा रोक लगाएका छन्। ती कार्यालयले रोक लगाइएका गतिविधिको सूची सार्वजनिक गरेका छन्।

तीन वटै प्रशासन कार्यालयले ३० साउन राति १२ बजेदेखि लागू हुने गरी १५ दिनसम्मका लागि त्यस्ता गतिविधिमा रोक लगाएको जनाएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा खुला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँसम्मका क्षेत्रमा कुनै गतिविधि नगर्न भनिएको छ। उक्त आदेश अनुसार खुला स्थानमा जम्मा हुन, भीडभाड गर्न र सभा जुलूस गर्न रोक लगाइएको छ।

भीडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न, उद्योग व्यापार र व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू गर्न र चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्न पनि रोक लगाइएको छ। त्यस्तै शैक्षिक संस्थाहरू संचालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न पनि रोक लगाइएको छ।

काठमाडौँ जिल्ला प्रशासनको आदेशमा फुटपाथ, खुला ठाउँ र ठेलागाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न, उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसारपसार गर्न, ‘टेक वे’ बाहेक होटल र रेस्टुराँ संचालन गर्न रोक लगाइएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेले जारी गरेको आदेश पनि उही विषय उल्लेख छ। रोक लगाएका काम गर्नेलाई स्थानीय प्रशासन ऐनको दफा ६ (३) अनुसार कारबाही हुने तीन वटै जिल्ला प्रशासन कार्यालयको आदेशमा उल्लेख छ। उक्त दफा अनुसार आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले रु.५०० जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको