रामेछाप –
जिल्ला प्रशासन कार्यलय रामेछापले अाईतबार गरेकाे अनुगमनमा रामेछापका ६ कार्यलयका ४२ कर्मचारी अनुपस्थित भेटिएकाे जनाएकाे छ ।
रामेछापकाे पुरानाे सदरमुकाम रामेछापमा भएका विभिन्न ६ वटा सरकारी कार्यलयकाे अनुगमनमा ४२ जना कर्मचारी अनुपस्थित रहेकाे प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिले जानकारी दिनुभएकाे छ । जिल्लाकाे पुरानाे सदरमुकाम रामेछापमा रहेकाे जिल्ला स्वास्थ कार्यलय , डिभिजन वन कार्यलय , डिभिजन स्वास्थ्य कार्यलय , जिल्ला कारागार , रामेछाप नगरपालिकाकाे कार्यालय रामेछाप र सिचाइ तथा जलधारकाे कार्यलयमा अनुगमन गरिएकाे थियाे ।
अनुपस्थित कर्मचारीलाई नियमानुसार कार्वाही गरिने जानकारी दिएकाे छ । त्यसैगरि कार्यलय समयमा पाेशाक र परिपत्र अनिवार्य नलगाउनु निर्देश समेत दिएकाे जिल्ला प्रशासन कार्यलय रामेछापले जनाएकाे छ ।