अमरगढीमा ८ वर्षिया बालिकामा कोरोना

डम्बर निदाल
डडेल्धुरा – जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा आज एक जनामा कोरोना देखिएको छ । केहिदिन अघि अमरगढी नगरपालिका वडा नं ५ का एक परिवार भारतबाट आएका थिए उनीहरु मध्ये एक जना ८ वर्षीया बालिकामा कोरोना पुष्टि भएको हो । परिवारका अन्य चार जनाको रिपोर्ट नेगेटिभ आएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले बताए ।

भारतको लुधियानाबाट आएर होम क्वारेन्टाईनमा बसेका परिवारका पाँचै जनाको शनिवार कोरोना स्वाब परिक्षण गरिएको थियोे । परिवारका अरु चार जनाको रिपोर्ट नेगेटिभ आएको छ, भने आठ वर्षीया बालिकामा कोरोना देखिएको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र घर एकान्तमा भएकाले बालिका लाई होम क्वारेन्टाईनमै परिवार सँगै राखिएको छ ।

स्वास्थ्य शाखा प्रमुख बिष्टका अनुसार “अहिले एक जना हेल्थ वर्कर राखेका छौँ र हरेक दिन उनिहरुको चेक जाँच भैरहेको छ । उनिहरुलाई घर बाट बाहिर जानदिएका छैनौ, सबैले निगरानी गरेका छौ । भारत बाट आई सिधै घरमा बसेकाले उनिहरुको सम्पर्कमा कोही पनि आएको छैन । स्वास्थ्य सुरक्षाका साथ राखिएको जनाएको छ ।

केहि दिन अगाडी अमरगढी नगरपालिका बजार क्षेत्रमा संकलन गरिएको ७७ जनाको कोरोना स्वाबको सोमबार रिपोर्ट आउदा सबैको नेगेटिभ आएको अमरगढी स्वास्थ्य शाखा प्रमुख बिष्टले जानकारी दिए ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको