सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको जिम्मेवारी खोस्यो, भण्डारी नियुक्त

काठमाडौं – सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो ।

भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै रहेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।

त्यसै गरी, प्रेस काउन्सिल ऐन, २०७५ (मस्यौदा) को परिच्छेद २ को ३ (२) क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्ति मध्येबाट कम्तिमा ४५ वर्ष उमेर पुगेकाव्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको