काठमाडौँ- चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये २ महिला र ४० पुरुष रहेको भरतपुर कोभिड-१९ प्रयोगशालाले जनाएको छ ।
यसअघि सोही बाहिनीका ८ जनामा कोरोना देखिएपछि अन्यको परीक्षण गरिएको हो ।
६० जनाको नमुना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको उनले बताए । ९ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ १ जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए ।
