काठमाडौं – सुनको भाउ फेरि एक लाख रुपैयाँ नाघेको छ। सोमबार एकै दिन प्रति तोला २२ सय रुपैयाँले बढेर एक लाख ४०० रुपैयाँ पुगेको हो।
सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ। गत साउन २३ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो।
त्यसयता लगातार घट्ने क्रममा साउन २८ गते ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसले विश्वव्यापी रुपमा असर पु¥याएसँग सुनको भाउ बढिरहेको छ।
