काठमाडौँ- नेपालमा थप १०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जना सक्रमित थपिएका छन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २८२५७ पुगेको छ।
त्यस्तै आजै थप ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १७५८० पुगेको छ।
काठमाडौं उपत्यकामा मात्रै थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
