रामेछाप – खाडादेवि गाउपालिमा संचालित विकास निमार्णकाे काममा असन्तुष्टि जनाउदै मंगलबार पालिकाका पराजित अध्यक्ष बेदराज लामाले ध्यानाकर्षण गराएका छन् ।

स्थानीय निर्वाचन भएकाे दुई वर्ष पुगेकाे दिन पारेर पराजित अध्यक्षले पालिकाका सबै वडाका पराजित वडाअध्यक्ष सहितकाे हस्ताक्षरमा पालीकाकाे हाल सम्मकाे गतिविधिका बारेमा पारदर्शी ढङ्गले र्सार्वजनिक गराउनु पर्ने माग राखेर पत्र बुझाएका नेविसंघ नेता चन्द्र मगरले जानकारी दिनुभयाे । पालिकाका याेजना तथा विकास निर्माण कार्यमा फरक पाटि तथा फरक विचार भएकाहरुलाई विभेद गर्ने गरेकाे र चरम अनियमितता तथा भष्ट्राचार भएकाे अाशंकामा ध्यानाकर्षण पत्र मार्फत गतिविधि सार्वजनिक गर्न  अाग्रह गरिएकाे  पालिका पराजित  अध्यक्ष  बेदराज लामाले बताउनु भयाे । यस अघिपनि पालिकाकाे गतिविधि सार्वजनिक गर्न माग गरेर दिएकाे पत्रलाई पालिकाले बेवास्ता गरेपछि पुन ध्यानाकर्षण पत्र बुझाएउन बाध्य भएकाे हाे ।

पालिकाले फेरि पनि बेवास्ता गरे कानुनी बाटाे अपनाउने लामा जानकारी दिनुभयाे । ध्यानाकर्षण पत्र  नेपाली कांग्रेसकाे तर्फबाट उमेदवार बनेका पालिका अध्यक्ष वेदराज लामाकाे नेतृत्वमा,  पालिकाका सबै वडाका पराजित वडा अध्यक्षका उमेदवारहरु र नेपाल विद्यार्थी संघका नेता चन्द्र मगरकाे सहभागी रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here