सन्दीपको कसिलो बलिङसंगै जमैका तल्लावाहजको विजयी सुरुवात

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । सन्दीपले सेन्ट लुसियाविरुद्धको खेलमा एक विकेट लिएका हुन् ।

उनले २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जड्रानलाई आउट गरेका हुन् । सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन दिएर एक विकेट लिएका थिए ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावाहले खेलमा आफ्नो विजयी शुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गर्दै जमैका तल्लावाहले जित दर्ता गर्यो । सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य पछ्याएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको