ओलीले दुवै पदबाट राजीनामा दिन पर्दैन : प्रचण्ड

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका छन्।

एपी-वान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनमा हुने बताएका हुन्।

उनले पार्टीमा विवाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने बताए।

विवाद समाधानका लागि गठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाइ छ।

‘सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं। अहिले नै सबै मिलेको भन्ने होइन,’ उनले भने, ‘कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ।’

कोरोना महामारीका कारण तत्कालै केन्द्रीय समिति बैठक बस्न सम्भव नरहेको पनि उनले बताए।

मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।

प्रचण्डले पार्टीभित्रको विवाद साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी समेत गरेका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा पनि समझदारी बन्ने उनले बताए।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको