काठमाडौं – नेकपा एमाले नामकाे पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार दिउँसाे साे पार्टी दर्ता भएकाे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा एमालेकाे चुनाव चिन्ह उदाउँदो सूर्य रहेको श्रेष्ठले जानकारी दिए । नेपाल राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र दिइने पनि उनले बताए ।
गत असार १२ मा दल दर्ताका लागि आवेदन परेपनि साे दल आज दर्ता भएकाे हाे । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।
साे पार्टी दर्ताका लागि आयाेगमा निवेदन परेपछि नेकपाकाे स्थायी कमिटी बैठकमा समेत यसले चर्चा पाएकाे थियाे ।