डडेल्धुरामा आंशिक लकडाउन, मोटरसाईकलमा जोरबिजोर लागु तिज र गौरा पर्व मनाउन रोक

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरामा आज बिहिबारदेखि  जिल्लाव्यापी रूपमा लागू हुने गरी आंशिक लकडाउन अर्थात बन्दाबन्दी शुरु भएको छ । भने मोटरसाईकलमा जोरबिजोर लागु गरीएको र तिज र गौरा पर्व मनाउन रोक लगाईएको छ ।
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुने गरी डडेल्धुरा जिल्लालाई एक साता बढी आंशिक लकडाउन गरिएको हो ।

जिल्लामा संचालित अतिआवश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक अन्य सम्पूर्ण पसलहरू बिहीबारदेखि यहि भदौ १२ गतेसम्मका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ ।

बजार क्षेत्रमा रहेको मानिसहरूको चहलपहल र भिडभाडलाई कम गर्न जिल्लामा संचालित हुने मोटरसाइकलहरूलाई बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।
यसै गरी तिज तथा गौरा पर्व मनाउन रोक लगाईएको छ । हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज तथा सुदूरपश्चिमेलीको मुख्य पर्वका रूपमा रहेको गौरा पर्व मनाउन रोक लगाइएको हो ।

कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भिडभाड नहुने गरी चाडपर्व मनाउन जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले आग्रह गरेको छ । नजिकिदै आइरहेका तिज, गौरा पर्व लगायतका अन्य धार्मिक साँस्कृतिक कार्यक्रमहरू जिल्लामा सार्वजनिक रूपमा मनाउन निषेध गरिएको छ ।

नृत्यपूजा र घरायसी पूजा बाहेक सामूहिक रूपमा गौरा र तिज जस्ता पर्व मनाउदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण यसअघि नै बन्द गरिसकेको छ । प्रशासनले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन २९ देखि बन्द गरेको थियो ।

निर्णयको उल्लंघन हुने क्रियाकलाप कसैबाट भए गरेमा संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको