विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न सरकारको ध्यनाकर्षण गराएको छ । गत असार १ गते सर्वोच्च अदालतले समेत वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न आदेश जारी गरेको भन्दै कांग्रेसले सरकारी खर्चमै उद्धार गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा सरकारले महंगो भाडादर तोकेर अदालतको आदेश उल्लंघन गरेको उल्लेख गरिएको छ । ६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर्न लगाउनु न्यायोचित नभएको कांग्रेसको ठहर छ ।

चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने सरकारी व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सरकारले शत्रुको ब्यवहार गरेको कांग्रेसको आरोप छ ।

सिफारिस

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

भर्खरै

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

धेरै पढिएको