काठमाडौँ- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीमा सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि त्यस क्षेत्र सिल गरिएको छ। समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ।
अहिलेसम्म यस नगरभित्र ७१ जनामा कोरोना पुष्टि भइसकेको छ। अहिले गोठाटारदेखि काँडाघारी क्षेत्रमा थप कडाइ गरिएको छ। जहाँ कोरोना संक्रमित देखिन्छन् उक्त टोलमा सिल गरेर कन्ट्रयाक ट्रेसिङ गर्दै स्वाब संकलन गरी परीक्षण गरिएको छ।
यसअघि दर खाएको ठाउँबाट कोरोना फैलिएको भन्ने आशंका पनि गरिएको छ। त्यस क्षेत्रमा पनि स्वाब संकलन गरि परिक्षण गर्ने काम भइरहेको छ।