पर्साबाट घर आएका व्यक्तिमा कोरोना

डम्बर निदाल, डडेल्धुरा – डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाका एक ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । उनि पिसिआर रिपोट नआउदै पर्सा जिल्लावाट घर आएका थिए ।जिल्लाको अजयमेरु गाउँपालिका वडा न २ मा पर्सा जिल्लाबाट आएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि गाउँ भरि संन्त्रास फैलिएको छ ।

पर्सा जिल्लामा शिक्षक पेशामा कार्यरत एक जना अजयमेरु गाउँपालिका वडा नं. २ का पुरुष घर आएको केही दिनमा उनको रिर्पोट पोजेटिभ आएको खबर आएपछि गाउँभरि कोरोनाको संन्त्रास फैलिएको हो ।पर्सा जिल्लामा कोरोना परिक्षणको लागि स्वाब दिएर घर आएका ति व्यक्तिमा कोरोना भएको खबर जिल्ला प्रहरी कार्यालयमार्फत जानकारीमा आएको हो । प्रहरीलाई दुई दिन अघि मात्रै घर आएको बताएपनि उनी केही दिन अघि नै घर आएको स्थानीयहरुले बताएका छन् ।

अहिले अजयमेरु गाउपालिका वडा नं. २ मा रहेको उनको पुरै गाउँलाई सिल गरि सवैको कोरोना परिक्षण गर्ने तयारी भईरहेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए । कोरोना संक्रमित घर आएदेखि कुन कुन ठाउँमा गएका थिए त्यसको टे«सिङ भईरहेको र उनी बस्ने गाउँलाई सिल गरि कोरोना परिक्षण गर्ने तयारी भईरहेको समेत प्रहरी प्रमुख न्यौपानेले बताए ।

पर्सा जिल्लामा कोरोना परिक्षणका लागि स्वाव दिएका ति व्यक्ति रिर्पोट नआउदै घर आएको र घरमा पनि उनले विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाएको देखिन्छ । उनी उपभोक्ता समिति निर्माणको भेलादेखी अन्य सामाजिक कार्यमा समेत सक्रिय रहेकोले गाउँ नै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको