उदाहरणीय काम गरेर देखाउछु : नगर प्रमुख बस्नेत

मन्थली –
मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले बाकी तीन बर्षकाे कार्यकालमा नगरमा उदाहरणीय काम गरेर देखाउने बताउनु भयाे ।

स्थानीय निर्वाचनबाट निर्वाचित भएर पदभार ग्रहण गरेकाे दुई बर्ष पुगेकाे अवसरमा साेमबार  पत्रकार सम्मेलमा  नगर प्रमुख बस्नेतले हाल सम्म भएका गतिविधि सार्वजनिक गर्दै बस्नेतले  दुई वर्ष सम्म उल्लेख्य काम गर्न नसकेको जनाउनु भएकाे छ । साे कार्यक्रममा बस्नेतले बाकी ३ बर्षकाे कार्यकालमा  उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे हाे । बस्नेतले अाफु निर्वाचित भएर  अाएदेखि नै  नयाँ काम गर्न खाेजेता पनि विभिन्न किसिमकाे समस्याले गर्दा  धेरै पटक प्रयास विफल भएकाे बताउनु भयाे । यस अघिका बर्षमा नगरमा अावस्यक जनशक्ति,भाैतिक संरचना , नितिगत समस्या तथा कार्यापालिकामा सहमति जुटाउन नसक्दा असफल हुनु परेकाे बताउनु भयाे । त्यसै गरि हाल नगरमा अावस्यक जनशक्ति ,भाैतिक संरचना , नितिगत समस्याकाे नभएकाले अब साेचे जस्ताे काम गर्न सकिने विस्वास व्यक्त गर्दै उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।

कार्यक्रममा हालसम्म नगरले संचालन गरेकाे गतिविधि ,प्राप्त उपलब्धि र समस्याहरु समेत प्रस्तुत गर्नस भएकाे थियाे । मन्थली बजारकाे धुलाे तथा फाेहाेर व्यवस्थापन तिव्रता दिएकाे , सार्वजनिक , अलानि तथा सरकार जग्गा मिचेर बनाईका घर टहरा तता संरचनाहरु भत्काउन सुरु गरेकाे , देवकोटा चाेकदेखि बसपार्क सम्मकाे सडक पिचकाे अन्तिम चरणमा पुगेकाे बताउनु भयाे  । त्यसै गरि नगरका गतिविधि संचालनमा संघिय तथा प्रदेश सरकारबाट अावस्यक कानुन नबन्दा समस्या भएकाे र कार्यालयलाई प्रयाप्त भाैतिक संचनाकाे अभाव लगाएत  विविध समस्याहरु समेत रहेकाे जानकारी दिनु भयाे ।
कार्यक्रममा सहभागीहरुले, नागरिक सगकाे समन्वय , विकास निर्माणमा समुदाय परिचालन तथा सम्बन्धित विषयविषज्ञकाे सल्लाहरु लिएर काम गर्न सके नगरकाे चाैतर्फि विकासमा सहयाेग पुग्ने बताएका थिए  ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको