काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ आज सुन प्रतितोला ५०० ले घट्दै ९७९०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
गत साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भयो । मूल्य बढ्दै गए पछि अहिले कारोबार भने घटेको छ ।
