भूकम्पले क्षतिग्रस्त भएका रामेछापका सरकारी कार्यालयहरु पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण

रामेछाप – भूकम्पले क्षतिग्रस्त भएका रामेछापका ३ वटा सरकारी कार्यालयहरुको भवन पुननिर्माण कार्य सम्पन्न गरी शुक्रबार हस्तान्तरण गरीएको छ । रामेछापको सदरमुकाम मन्थलीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र पमुख जिल्ला अधिकारीको आवासको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका भवन मध्ये शहरी विकास र खानेपानी डिभिजनका भवनहरु शुक्रबार हस्तान्तरण गरेको छ । प्रजिअ आवास भने केहि दिनमा हस्तान्तरण हुने जनाइएको छ ।

एसियाली विकास वैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा भुकम्प प्रतिरोधि युक्त भवनहरु निर्माणका लागि सुनकोशी÷खानी÷थोदुङ्ग जेभि संग १३ करोड ८ लाख ५७ हजार ६ सय ४४ रुपैयामा संझौता भएको थियो । भवनहरुको निर्माण सक्दा कुल १२ करोड ६८ लाख ७१ हजार ८ सय ३१ रुपैया मात्र खर्च भएको छ । निर्माण सम्पन्न भएका उक्त दुवै भवनहरु निर्माण व्यवसायी रामबाबु घिमिरेले राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभावकर लाल कर्णलाई हस्तान्तरण गरेका थिए । कर्णले शुक्रबारै सम्बन्धीत कार्यालयहरुलाई भवनहरुको चावि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख जगन्नाथ पूर्वे र शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन ।

निर्माण भएका भवनहरुमा कर्यालय प्रयोजन, आवास, क्यान्टीन, ग्यारेज र फर्निचरको सुविधा तथा परिसर समेतको सुविधा उपलव्ध छ । सवै भवनहरु अपाङ्ग मैत्री छन । भुकम्पले क्षतिग्रस्त जिल्लाका अन्य ३ वटा सरकारी कार्यालयहरुको भवन समेत अन्तिम चरणमा पुगेको प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ले जनाएको छ ।

मन्थलीमा जिल्ला हुलाक कार्यालय र रामेछापमा जिल्ला बन र जिल्ला भू संरक्षण कार्यालयको भवन निर्मँणाधिन अवस्थामा छन । असार सम्म तिनैवटा भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख प्रभाकरलाल कर्णले वताए । यस अघि आयोजनाले जिल्ला स्थित विभिन्न १३ वटा सरकारी कार्याहरुको मर्मत संभार गर्नुका साथै भुकम्प पछिको आपतकालिन अवस्थामा कारागार, बन, भवन र प्रजिअ आवासका लागि प्रिफ्याबको निर्माण गरेको थियो । आयोजना मार्फत जिल्लाका कहि स्वास्थ्य संस्थाको पुननिर्माणको काम समेत हुदै आएको छ ।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक यात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक यात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुजिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको