काेराेनाले दिएकाे चुनाैतीपूर्ण तीज

 नेपाली नारीहरुकाे महान् चाड हरितालिका तिज -२०७७ काे खल्लाे माहाेल पनि तीनदिन यता सकियाे। धार्मिक ग्रन्थका अनुसार पार्वतिले तिजमा निराहार व्रत बसेर महादेव पति पाउनलाई कठाेर तपस्या गरेपछि श्री महादेवसँग विवाह भएकाे विश्वास रहिआएकाे छ। विधि र परम्परा अनुसार अविवाहित नारीहरुले आफुले भनेजस्तै पति पाउँ भनेर अनि विवाहित नारीहरुले आफ्नाे श्रीमानको सुस्वास्थ्य र दिर्घायुकाे कामना गर्दै उपवास बस्ने चलन रहेकाे छ।

नेपाली नारीहरुकाे महत्त्वपूर्ण चाड तिजकाे आफ्नै पहिचान र माैलिकता रहेकाे पाइन्छ। विवाह गरि पठाइएका दिदिबहिनीहरुलाई दाजुभाइहरु लिन गएर माइतिघरमा ल्याउने र आफ्ना दुखसुखका कुराहरुलाई समेटेर गाइने संगीनी गीत र अन्य गीतहरुले विशेषगरि पहाडी ईलाकामा तिजकाे माहाेल बनाउँछ। तिज व्रतकाे अघिल्लाे दिन मिठामिठा खानेकुरा बनाएर माइतिघरमा आमासँग दुखसुख साट्दै दर खानुकाे आनन्दले धेरै समय पछि माइत पुगेका दिदिबहिनीलाई खुशीकाे वर्षा हुन्छ अनि स्वर्गीय आनन्द ल्याउँछ ।

तर अहिलेका तिज मनाउने नेपाली दिदिबहिनीहरुकाे चालचलनलाई लिएर कुरा गर्दा मनमा प्रश्न याे उठ्छ कि हाम्रो समाज कता जाँदैछ ? नेपाली दिदिबहिनीहरुलाई पनि कतै विदेशी हावाले त छाेएकाे हैन ? तितामिठा कुराकानीमा रमाउँदै तिज मनाउनुकाे सट्टा बियरकाे चुस्किसँगै रमाउन थालिसकेका अनि गाउँघरमा जम्मा भएर परम्परा अनुसार नाचगान गर्नुकाे सट्टामा डिस्काे र बार धाउन थालिसकेका छन्। के नेपाली दिदिबहिनीहरुले नेपाली संस्कृति र परम्परालाई भुल्न थालेकाे हाे त ? व्रत लिएर मन्दिरमा पुजा गर्न जाने बहानामा गरगहना प्रदर्शनकाे हाेड चलिराछ अनि श्रीमतीलाई राताे सारी किनेर खुशी बनाउने निहुँमा आफ्नाे पसिनाको मुल्य स्वाह भएकाे पुरुषहरु पत्तै पाउँदैनन्। के अब अहिलेकाे पुस्ताले यस्तै भड्किलो संस्कारलाई भावी पुस्तामा हस्तान्तरण गर्ने त ? तर वर्तमानकाे समय र परिस्थितिलाई हेर्दा चाहिँ विगत् लाई लिएर तुलना गर्न मिल्दैन। किनकि विगतका वर्षहरुकाे भन्दा केही फरक ढङ्गले तिज मनाइएकाे देखियाे। कारण काेराेना भाइरस!! काेराेना भाइरसकाे जाेखिमपुर्ण अवस्थामा साथिभाइ जमघट गरेर तिज मनाउनु आफैमा मुर्खता पनि थियाे ।

विगतका बर्षहरुमा तिजकाे माहाेल तताउन हाेटल, रेष्टुरेन्ट अनि सपिङ्ग महल भरिभराउ हुन्थ्यो तर अहिले भने शान्तिपूर्ण तरिकाले तिज मनाउनु भएकाेमा सम्पूर्ण सचेत नेपाली दिदिबहिनीहरु प्रती हार्दिक आभारी छु। सचेत रहदै गर्दा काेराेना भाइरसकाे जाेखिमबाट पनि बचियाे र अर्काे कुरा तिजमा हुने खर्च पनि बचत भयाे। यसैबाट सरलता नै सफलता काे जड रहेछ भन्ने सन्देश पनि प्राप्त हुन जान्छ। र अर्काे कुरा, नेपाल सरकारले तिज विशेषकाे लागि विदेशबाट आयात गर्ने करोडौंका लत्ताकपडा र गरगहना पनि आयात नगर्दा नेपाली अर्थतन्त्रमा ठुलाे टेवा पुग्याे। विगतका वर्षको तिजलाइ फेरि सम्झदा, गरगहना प्रदर्शनकाे हाेडमा समाजमा चाेरीडकैतीकाे विगविगिले ज्यान गएकाे समाचार बाहिर आउँदा खुब डर लाग्थ्याे ।

त्यसैले हाम्रो पहिचान र संस्कृतिलाई जगेर्ना गर्दै चाडपर्व मनाउनु हाम्रो कर्तव्य हाे भने नेपाली संस्कृति र परम्परालाई जस्ताको तस्तै देख्न पाउनु भावी पुस्ताकाे लागि अवसर पनि हाे। यद्यपि हरेक चाडपर्वलाई भड्किलो बन्न नदिने हाे भने हाम्रो समाजले काँचुली पक्कै पनि फेर्न सफल हुनेछ हुनेछ । ” सभ्य बनौँ,संस्कृति जाेगाऔँ ।”

जानुका धमला,चितवन 

सिफारिस

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रोयल एवान इन्भेस्टमेन्टले भदौ १० गते त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको...

भर्खरै

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको