रामेछाप -रामेछापको मन्थलीमा निषेधाज्ञा अवज्ञा गर्ने ५२ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएकाे निषेधाज्ञालाई बेवास्ता गर्दै अनावश्यक रुपमा बजामा निकालिएको माेटरसाइकललाइ ट्राफिक प्रहरीले मंगलबार बिहान नियन्त्रणमा जिल्ला ट्राफिक कार्यलय रामेछापले जनाएकाे छ । निषेधाज्ञाकाे बेवास्ता गर्दै बजारमा निकालिएको माेटसाइकललाइ मन्थलीकाे देवकोटा चाेकबाट नियन्त्रणमा लिएकाे जिल्लाका ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डे बताए ।
मंगलबार बिहानदेखि नियन्त्रणमा लिइएकाे मोटरसाइकललाई ३ घण्टा नियन्त्रणमा राखेर मात्र छाडिने रामेछापका ट्राफिक प्रहरी प्रमुख पाण्डेले बताएका छन । निषेधाज्ञाकाे अवज्ञा गर्ने तथा अनावश्यक रुपमा चफाएका सबैखाले सवारी साधनलाई भने भाेलीदेखि कारबाही सुरु गरिने पाण्डेले जानकारी दिएका छन् ।
