काठमाडौँ — क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन लगातार कायम रहेको छ । नेपाली समयअनुसार बुधबार बिहान सकिएको खेलमा उनको टिम जमैका तलाबाजले गुएना एमेजन वारियर्सलाई ५ विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर १ सय १३ रन मात्र बनाएको थियो । त्यसमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चेर र एक विकेट लिए । उनले सेरफन रडरफोर्डको विकेट लिएका हुन् ।
जवाफमा जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनायो । प्रतियोगितामा जमैकाको यो दोस्रो जित हो । जमैका अंकतालिकाको चौथो स्थानमा छ । उसले दुई हार पनि बेहोरिसकेको छ ।