महेश सिंह, सिरहा – सिरहाको भगवानपुर गाउँपलिका ३ आभेनगरबाट सशस्त्र प्रहरीको टोलिले लागु लागुऔषध सहित एक भारतीय नागरिक लाई पक्राउ गरेका छन् । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल ठाडीले लागूऔषध सहित करोबारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारतको ललमनीया बस्ने अन्दाजी २३ बर्शिय कुलेस्वर साहले भारतबाट लुकाई छुपाई गरी नेपाल भित्रीयाउदै गर्दा गोप्य सूचनाको आधारमा लागूऔषध कारोबारीलाई आभेनगर प्रहरीले पक्राउ गरेका छन् ।
बरामत गरेको लागूऔषधमा डैलेक्सडिसि ३ थान, भ्याट टयाबलेट, नोर्फिन २० पता लागूऔषध सहि कारोबारी साहलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहामा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरिले केहि हप्ता अगाडि सिरहा आउनु भएको हो । सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बलबाट मंन्डलको कमान्डमा खटीएको प्रहरी टोलिले लागूऔषध कारोबारीको नाइँकेलाई पक्राउ गरेका छन् । सशस्त्र प्रहरी बल ठाडिका सब ईनस्पेकटर मण्डलले बताए । बरामत गरेको सम्मान दाखिला र अवाश्यक कारवाहीको लागि ठाडि भन्सारमा बुझाईएको प्रहरीले जानकारी दिनु भयो । आभेनगरका सशस्त्रका टोलिले केहि साता अगाडि एक लाख पचास हजार मुल्य बराबरको अबैध कपडा बरामत गरेका थिए ।