डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ७ बलौचा,ओबा ,ऐरानी,धुपखेडा र खिन्नेभाडीका पहिरो पिडीतलाई राहत वितरण गरिएको छ । आलितालको चुरे क्षेत्रमा पहिरो खस्दा विस्थापित भएका स्थानिय लाई राहत दिईएको हो ।
नेपाली कांग्रेस डडेल्धुराले डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाका पहिरो पिडितलाई राहत वितरण गरेको छ । चुरे श्रृंखला क्षेत्रबाट पहिरो खस्दा गाउँपालिकाको वडा नम्बर ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँका ३५ परिवार बिस्तापित भएका थिए । बुधबार ति सबै परिवारलाई कांग्रेस डडेल्धुराले संचालन गरेको एनडी प्रकाश आपतकालिन चुलोले राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ ।

पहिरो पिडित उनिहरुलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन वितरण गरेको सेवा दलका संयोजक टंकबहादुर क्षेत्रीले जानकारी दिए । साथै उनिहरुलाई ५ पेटी चाउचाउ र २०० थान मास्क समेत सहयोग गरेको उनले बताए । उक्त राहत सामग्री नेपाली कांग्रेसका कार्यवाहक सभापति करुणाकार भट्टले आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङलाई हस्तान्तरण गरेको कार्यालय सचिव राम विष्टले बताए ।
