सडकमा कालाेपत्रे काम सकेर हस्तान्तरण गर्न नपाउदै उप्कियो

चितवन – चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ मार्ग सडकखण्डकाे कालाेपत्रेकाे काम सकिन नपाउदै कालाेपत्रे उप्किएन थालेकाे स्थानीयले गुनासाे गरेकाे छ । उक्त सडक चितवनतर्फ ६ किलोमिटर र धादिङतर्फ १० किलोमिटर गरि १६ किलोमिटर सडक कालोपत्रे भएकाे हाे ।

सडक डिभिजन कार्यालय भरतपुरकाे सहयाेगमा महालक्ष्मी शिवशक्ति सेवाले कालाेपत्रेकाे काम जिम्मा लिएकाे थियाे । उक्त सडक खण्ड अन्तर्गत चितवन खण्डमा ३९ र धादिङ खण्डमा २३ किलोमिटर पर्दछ । ६२ किलोमिटर लामो चेपाङ मार्गको यस अघि ४६ किलोमिटर सडक कालाेपत्रेकाे भइसकाे थियाे । चालु अार्थिक वर्ष भित्र काम सक्ने गरि १६ किलोमिटर सडक कालाेपत्रेकाे काम सुरु भएको थियाे । सडक डिभिजन कार्यलय भरतपुरसगकाे सम्झौता अनुसार कालाेपत्रेकाे काम असार मसान्त सकिनु पर्ने भनिए पनि कालाेपत्रे काम सकिएकाेमहालक्ष्मी शिवशक्तिले जनाएकाे छ ।

उक्त सडकमा कालाेपत्रेकाे काम सकेर हस्तान्तरण गर्न नपाउदै कालाेपत्रे नै उप्किएर ठाउँ – ठाउमा सडक भत्किन समेत थालेकाे स्थानीय प्रज्वल दवाडीले जानकारी दिनुभयो छ । विकास निर्माणकाे नाममा नागरिककाे अाँमा छाराे हानेकाे भन्दै सरकाेकारवाला निकाएबाट यथासिग्र अनुगमन गरि कारवाहि नगरे सडक संचालनमा राेक लगाउने समेत स्थानियले चेतावनी दिएकाे छ । चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने यो सडकखण्डमा अधिकांश सिमान्तकृत जाति चेपाङहरु बस्ती भएकाले सडककाे नाम चेपाङ मार्ग राखिएको हाे ।

सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौ‌ं जाने सडककाे दुरी छोटिनेछ । भण्डाराबाट भरतपुर ,मुग्लिन हुँदै मलेखुसम्म जान १०६ किलोमिटर रहेकाे छ । चेपाङ मार्ग भारत र चीनलाई जाड्ने सबैभन्दा छोटो दूरीकाे सडक हाे ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको