पूरा हुँदै प्रधानमन्त्री ओलीको सपना, भदौभित्र नेपालमा रेल आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उहाँले भन्नुभयो ।

अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न अवरोधले नेपाल आउन केही ढिलाइ भएको हो । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो ।

रेल्वे लिक हस्तान्तरण

यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सके भदौभित्र नत्र असोजभित्र भारतले नेपाललाई सो ट्र्याक हस्तान्तरण गर्नेछ ।

‘‘रेल्वे लिक हस्तान्तरण गर्न अहिले दुवै मुलुकमा गृहकार्य भइरहेको छ’’ उहाँले भन्नुभयो, “उक्त रेल सेवा कसरी सञ्चालन गर्ने, सञ्चालन भएको कति अवधिसम्म त्यसको मर्मतसम्भार भारतले गर्ने लगायतका सर्त र सेवाको खाका दुवै मुलुकले तयार गरिरहेका छन् ।”

लिक हस्तान्तरण गर्न लिकमा देखिएका समस्या र चोरी भएका ‘रेल्वे क्लिप’ मर्मतका लागि भारतीय प्राविधिक टोली यसै हप्ता जनकपुर आइपुग्ने उहाँले बताउनुभयो । करिब पाँच हजार ‘रेल्वे क्लिप’ हराइरहेका छन् । क्लिपले रेलको लिकलाई स्थिर बनाएर राख्ने काम गर्छ ।

दुुई वर्षअघि २०७५ पुस २९ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुईवटा रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि रेल विभागले जीटूजी प्रक्रियाबाट भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुईवटा रेल किन्ने प्रक्रिया अगाडि बढाएको थियो । सो रकममध्ये २० प्रतिशत भुक्तानी भइसकेको छ भने बाँकी भुक्तानी रेलको परीक्षणपछि मात्र गरिने रेल्वे कम्पनीले जनाएको छ ।

कर्मचारी भारतबाट ल्याइने

रेल सेवा सञ्चाल गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइने भएको छ । उक्त रेल सेवा सञ्चालनका लागि चालक दल, मर्मतसम्भार इन्जिनियर, सिग्नल प्रणालीका इ९िन्जनियर, स्टेसन सञ्चालनसम्बन्धी विज्ञ लगायतका प्राविधिक कर्मचारी भारतबाट ल्याइने बताउँदै महाप्रबन्धक भट्टराईले सोका लागि दुवै मुलुकबीच औपचारिक प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।

सो रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित २०७६ फागुन ९ गते आवेदन माग गरेको थियो तर आवेदनको अन्तिम म्यादसम्म एक जनाको निवेदन पनि परेन ।

संवत् १९९४ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि जीर्ण भई बन्द भएको थियो । छ वर्षअघि साँघुरो लेन भएको उक्त रेल सेवा अब फराकिलो लेनमा सञ्चालन हुन लागेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको