काठमाडौँ – आज पनि सुनको मूल्य घटेको छ। आज शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
